केन्द्रीय संस्करण

फिरौतीका विविध रुपहरुबीच डेङ्गीपरिक्रमा

person explore access_timeअसोज ९, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

(१) गायकहरु गाउँछन् । नर्तकहरु नाच्छन् । मानिसहरु जहाँसुकैका जोसुकै हुन् आफूले जे जानेको छ त्यही गर्छन् ।

अहिले नेपालका सत्तासीन उच्च पदस्थहरु जो छन् ती आफू सत्तामा नभएर तिनका बाउ अथवा दाजु सत्तामा भएका भए तिनका भाइछोराहरु अर्थात् यिनीहरुचाहिँ के गर्दा हुन् ? घरमा जो पाकेको साधारण खाना खाएर बिहानदेखि बेलुकासम्म देश र जनताको सेवा गर्दा हुन् ? जसले आफ्ना सत्तासीन बावुदाजुहरु जनताका रगतपसिनामा मोज गरिरहेका मात्र देखेका छन्, भुइँमा ओर्लेर, पीडित जनसाधारणसम्म पुगेर आवश्यक सेवा पुर्‍याएको कहिल्यै देखेका छैनन् , तिनले इमान जमान र जनसेवाका बारेमा के जान्न पाउँछन् र के गर्छन् ? जे छ समस्या संस्कर र संस्कृतिको छ ।

समाजमा कहाँ कसले के गर्छ ? त्यो सामान्य जानकारीको कुरा त हो नै । सम्बन्धित कर्ताका संस्कृति र प्रवृत्तिको अध्ययन सामग्रीको कुरा प्रमुख हो । अहिले गृहमन्त्री थापाका भाइ थापा फिरौती व्यवसायको चर्चामा उदाएका छन् । सुन्दा उदेक लागे पनि गुन्दा जनताका विवेकका लगि यो ठूलो मसालाचाहिँ होइन । कुनै पनि भ्रष्ट क्रियाकलाप वाञ्छित योग्यता वा विशषतामा गनिने अलिखित नीति र सतत अभ्यासको  वर्तमान सत्तापरिपाटीमा उल्लिखित फिरौतीको सन्दर्भ कुनै अचम्म मान्नुपर्ने कुरा हुँदै होइन । सत्ताका आडमा यस्ता व्यवसाय धेरैले गरिआएका हुन सक्छन् । गरेका हुन सक्छन् । कदाचित् कोही सन्जोगले सतहमा उत्रेछ भने एकाएक चर्चित हुन सक्छ । यसले खास फरक पार्दैन । कतिपय सन्दर्भमा त यसले सम्बन्धित व्यक्तिको सत्ता ग्राह्यतामा उँचाइ थप्न पनि सक्छ । अनुभवीलाई ग्राह्यता दिइन्छ नि । यो समय समयका घटनाले पुष्टि गरिआएकै कुरा हो ।

पन्चायत कालमा राजाका भाइभारदारहरु पनि मन्दिरबाट मूर्ति उछिट्याउने र विदेश पु¥याउने व्यवसायमा विख्यात थिए । त्यति वेलाका सर्वोच्च सत्ताका निकटतम तिनीहरु अपराध गर्दागर्दैका क्षणमा सुरक्षाकर्मी पुगेछ भने पनि पक्राउ पर्थेनन् बरु सम्मानको सलामी खान्थे । नयाँ राजाहरुका हौसलामय शासनकालमा पुराना राजाहरुले हिँग बाँधेको टालो भेटिनु वा हिँगको पोकै भेटिनु पनि अनौठो कुरा होइन । आज पनि सत्ताका निकटतम भ्रष्टहरु तथा अपराध व्यवसायीहरु सुरक्षित छन् । ढुक्क छन् । गजूरका छोरा हजूरहरुको अपराध चर्चा आज पनि चियापसलहरुमा गुन्जन्छ । हराउँछ । दण्डहीनताले आर्जेको भ्रष्ट आचरणको सत्तासंस्कृतिमा यी स्वभावगीताका स्वाभाविक पारायणहरु मात्र हुन् । कहिले त के पनि हुनसक्छ भने पक्राउ नपर्नु पर्ने तापमानका सत्ताका फिलिङ्गाहरु यदाकदा भुक्किएर पक्राउ पर्न सक्छन्् । नचुहिनु पर्ने सूचनाहरु पनि सामाजिक सन्जालको तरलता र व्यापकताका कारण अनपेक्षित रुपमा चुहिन पनि सक्न्छन् । यस्तो हुँदा बिचरा हाकिमहरु अपठ्यारोमा पर्छन् । सत्तासीनहरुका भाइछोरा रहेका उदीयमान अपराधीहरुलाई कसरी मात्र जोगाउने ? नसमातूँ, जनताकै आँखाअगाडि रङगे हात भेटिन्छन् । समातूँ  त सवाल जागीरको छ , पदोन्नतिको पनि सवाल छ ।

शासन प्रशासनका कर्मचारीहरुले आपूmले प्रतिमहिना तलबभत्ताका नाममा पाउने रकम नेपाली जनताको पसिना हो, सत्तासीन ठूलाबडाको पैत्रिक सम्पत्ति होइन भन्ने ज्ञान र सेवा नै धर्म हो भन्ने तत्त्वज्ञान उपलब्ध भएका दिन कर्मचारी मानसिकतामा किन्चित् परिवर्तन आउला कि ? घैटामा घाम लाग्ला कि ? यो आशा गर्न सकिने कुरा हो । यद्यपि यो आजसम्मका परिवेशमा एउटा अधूरो सपना र परिक्ल्पनाको कुरा मात्र बनेको छ ।

जहाँसम्म फिरौती व्यवसायको कुरा छ , यसको क्षेत्र व्यापक छ । परिबन्द मिलाएर कसैबाट जबर्जस्ती रुपमा पैसा असुल्नु पनि फिरौतीकै एउटा रुप हो । यद्यपि कानुनका प्रावधानहरुमा यी व्यापकता समेटिएका छैनन् । यसैत हामीकहाँ मान्छे मात्र होइन प्रकृति नै पनि फिरौतीको लपेटमा परेको छ ।

(२)अव एक छिनका लागि सर्वौच्च शिखर सगरमाथाको प्रसङ्गलाई लिउँ । सगरमाथा आज, देशी विदेशी धेरैका लात खाएर आफ्ना शरीरमा बनेका अनेकौं निलडामलाई जताततै फाटेको चिथरोे ओढ्नेले छोप्न खोज्दै उदास र उराठ मुद्रामा उएिको बुढोजस्तै कालो डाँडो देखिन थालिसकेको छ । यति हुँदा पनि कुस्त पैसा असुलेर लर्कनका लर्कन मान्छे चढाउने काम सरकारले अभैm पनि रोकेको देखिएन । बुढो सगरमाथाका काँधमा फोहरका भारीहरु थप्ने काम अभैm पनि रोकेकको देखिएन । सगरमाथा नेपालका कुनै सरकारको सम्पत्ति होइन । हो भने आम नेपालीको सम्पत्ति हो । सरकारको काम त यसको आकर्षण र सौन्दर्यलाई जोगाउनु हो । भावी सन्ततिका लागि सुरक्षित राखिदिनु हो ।

 सगरमाथा प्रकृतिको अनुपम वरदान हो । हामी नेपाली मात्रकोे पहिचान पनि हो । यसको जथाभावी शोषण र दोहन लोकतान्त्रिक सरकारको गौरब होइन । बरु लज्जा हो । आज यस बुढो सगरमाथालाई निरन्तर रुपमा हिमरहित बनाउँदै, र  फोहरका भारी थप्दै यसरी पैसा असुल्नु पनि भनौं भने एक किसिमको फिरौती व्यवसाय होइन र ?

(३) अव एक छिन निजगढतिर उभिएर सोचौं । निजगढमा जङ्गल बाँकी छ र यसको उर्बरता बाँकी छ । भूसौन्दर्य पनि बाँकी छ । यहाँ यो सबै मासेर विशाल विमानघाट बनाउन किन आवश्यक छ ? नेपालजस्तो सानो देशमा ठुला ठुला अन्तर्राष्ट्रिय विमानहरु कतिवटा चाहिन्छन् ? अन्तर्राष्ट्रिय विमान घाट थोरै र राष्ट्रिय विमानघाट धेरै बनाएर पर्यटकहरुलाई सेवा पु¥याउन सकिँदैन र ?  आन्तरिक हवाइ उडानका लागि साना विमानघाट र विमान प्रसस्त भयो भने देशभित्र धेरैले काम पनि पाउँछन्, पर्यटकहरुले खर्च गर्ने ठाउँ पनि पाउँछन् । हाम्रो बन सम्पदा पनि जोगिन्छ । हैन र ?

 अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आवरणमा सरकारले काठमाफियाहरुका हितका निमित्त तिनीहरुको उक्साहटमा  लाखौंलाख रुख ढालेर जनताको प्रतिक्षणको श्वासप्रश्वासमाथि धावा बोल्नु लोकतान्त्रिक चरित्र हुनसक्छ ? यस्तो चरित्रबाट मुलुकमा बाढी पहिरोलाई अझ भयावह र व्यापक बनाउन त सकिन्छ । जनताका गाउँबस्ती डुबानमा पारेर हवाइजहाजबाट रमिता हेर्न पनि सकिन्छ । प्राणवायु निर्माण गर्न त सक्दिैन । जनताको ज्यान र मन जनतालाई फिर्ता दिन त सकिँदैन । वर्षौं लागेर हुर्केका  २४ लाख थान रुखहरु रातारात मासेर पेरी त्यहाँ रातारात अर्को नयाँ जङ्गल सिर्जन र प्रकृतिको हराभरापनलाई पुनस्थापन गर्न त अझ किमार्थ सकिँदैन । वातावरणको विनाशमा ठड्याइने कथित विकास पनि प्रकारान्तरले  विनाश नै हो । आपराधिक कोणबाट हेर्दा जङ्गल मासेर काठमाफिया पोस्नु पनि प्रकृतिसँग खेलिने फिरौतीको एक जघन्य खेल नै हो ।

अनुमान गर्न सकिने कुरा हो । नेपालमा आज दक्षिणपन्थी साहूजीहरुको सरकार भएको भए वनविनाशका कामले अझ बढी बहाना र उर्जा पाउँदो हो । सन्जोगवस आज सरकार वामपन्थी साहुजीहरुको छ । साहूजीहरुका सरकारको व्यापार व्यवसायीका लागि जङ्गलको काठ त नगदी माल हुँदै हो । व्यापार व्यवसायका नसानसा बुझेका साहूजहिरुका लागि विपन्न नेपाली जनताको श्वासप्रश्वासमाथि बोकाइने थप कठिनाइ पनि माल हो । यसबाट नयाँ नयाँ औषधिहरु बजारमा आउन सक्छन् । साहूजीहरुको जीवनमा सुखसमृद्धि थपिन सक्छ । सरकारलाई आयस्रोत थपिन सक्छ । सत्तासीनहरुलाई कमिसन थपिन सक्छ । उता बाढी पनि नगदी माल हो । प्रकारान्तरले बिक्छ । पहिरो पनि माल हो । बिक्छ । पूँजीपतिहरुले सामान मात्र होइन सामान बेच्ने परिस्थिति पनि उत्पादन गराउँछन् । बेच्छन् । सामान त यसै बेच्छन् उसै बेच्छन् । जताततै बाढी पहिरो हुने भएपछि सत्ताका नवराजहरुलाई  निरीक्षण भ्रमण सजिलो पार्न महँगा महँगा  विमानहरु गाडीहरु खरीद गर्न गगनविहार गर्न अवसर मिल्छ । बाढीपहिरोले विभिन्न साधन सामग्री खरीदविक्रीको मौसमी माहोल बन्छ । वाहन मात्र होइन जनताका आपत्विपत्का बेला पूजीपतिहरुले धेरै कुरा बेच्न पाउँछन् । तारे होटलहरुले सभाहल र महँगा खानपानको उपलव्धता बेच्छन् ।  देशी विदेशी  बुद्धिजीवीहरुले बुद्धि बेच्छन् । लोकतान्त्रिक सरकारले नयाँ नयाँ नारा बेच्छ । साहूजीहरुको सुखसमृद्धिको व्यापार फस्टाउँछ । आपूmमात्र फस्टाउँदैन, आफ्ना तारणहारलाई पनि चढावा चढाउँछ । यो कथित सुशासनको सुन्दरतम परिचालन हो । प्रकारान्तरले यो पनि जनतालाई वाध्य बनाउने र पैसा असुल्ने व्यवसाय नै हो ।

(४) अहिले हाम्रो मुलुकमा दक्षिणबाट बडो तामझामका साथ डेङ््गीको सवारी भएको छ । अघि अघि डेंगु पछिपछि साहूजीहरुको व्यापार व्यवसाय । महँगा महँगा कटिहरु ,क्रिमहरु, प्याचहरु, औषधिहरु । अघिअघि डेंगु पछिपछि पाँचतारे गोष्ठी सभा, सेमिनार र चौराशी परिकार भोजन ग्रहण एवम् दक्षिणा ग्रहण । जस्तै जजमानहरु अलपत्र पर्दा पुरेतलाई सत्र पर्छ । साहूजहिरुको सत्र बनेको छ डेङ्गी । यो त फिरौती मात्र पनि होइन ।   बिगौती पनि हो । सत्तासीनहरुको भाग्यमा अहिले डेंङ्गी पनि ब्यायो ।

टोलबस्तीका बुढापाका भन्छन्, डेंङ्गी के हो ? कस्तो हुन्छ ? कसरी जोगिनु पर्छ ? लागि हालेछ भने उपचारका लागि कहाँ जानुपर्छ ? कसरी उपचार गर्नु पर्छ ? सरकारले आफ्ना विभिन्न निकायका कर्मचारी परिचालन गरेर एक एक विद्यालय र जनताका घरघरसम्म लामखुट्टे मारक औषधिको छर्कानसाथ सूचना पु¥याउनु अत्यावश्यक थियो । जनचेतना व्यापक बनाउनु आवश्यक थियो । निरोध र उपचारका प्रबन्धहरु यथाशीघ्र जनतामा उपलब्ध गराउनु आवश्यक थियो ।  त्यस तर्फ फिटिक्कै कदम चालेको पाइएन । जनताको स्वस्थ्यप्रति यतिसम्म उदासीन मन्त्री र मन्त्रालहरु हाम्रो मुलुकमा किन चाहिन्छन् ? जनताका स्वास्थ्यका सवालमा चासो नै छैन भने स्वास्थ्यमन्त्रालय नै पनि किन चाहिन्छ ? 

यी सवै चालामाला देखेका जनताबीच कसैले यस्तो जिज्ञासा राखेको पनि सुनियो, “डेंङ्गी र हाम्रो सरकारबीच के फरक छ ? बोक्न नसक्ने करभार लादेर जनाको आँङ्मा ज्वरो निकालेकै छ । सेवा सहयोग दिनुपर्ने निकायमा पाइलापाइलामा घुस कमिसनको संस्कृति हुर्काएर जनतालाई पीडा दिएकै छ । जनताका दिदिमागमाथिका यीे शूलरोपणहरु  पनि डेंगूको टोकाइभन्दा कम छैनन् । जनतामा पीडा र व्यथाका दृष्टिले भ्रष्टाचार आपैmमा भयङ्कर डेंङ्गी हो । यसको पनि भ्याक्सिन औषधि ओकतान्त्रिक बजारमा उपलब्ध छैन । गायब छ ।

पूँजीवादी व्यवस्थामा प्राकृतिक प्रकोप, विभिन्न महामारी सवै पूँजीपतिका उत्पादन हुन् । अन्य विभिन्न उत्पादन बेच्ने पूर्वाधार पनि हुन् । जनतालाई जति चर्को समस्या साहूजीहरुलाई त्यति त्यति बढी आर्जन । साहूजीहरुले अनिकालमा भकारी भर्ने कला सामन्तकालमै आर्जेका हुन् । पूँजीवादले त्यसमा पनि नयाँ नयाँ अध्याय थपेको छ ।

हामीले शुरुमै भन्यौं जसले जे जानेको छ त्यही गर्छ । कर्मचारीले के जानेको छ ? भानुभक्त कालदेखिको ढिलासुसती जानेको छ । टेबलमुनि हातको पूर्णानन्द जानेको छ । सवै यस्तै मात्र नहोलान् । जो छन् ती आफ्ना संस्कार संस्कृतिमा निष्ठावान् छन् ।

कर्मचारीका हातमा फाइल हुन्छ । सेवाग्राही आफ्नो मर्का बिसाउन पुग्छ । पूर्णानन्दका लागि कर्मचारीले खोँचे थाप्छ । प्रकारान्तरले यो पनि त जबर्जस्ती असूली हो । एक किसिमको फिरौती हो ।

हाम्रो मुलुकको परम्परागत सुशासनमा जबर्जस्ती असूली अघोषित राष्टिय चरित्र नै पनि हो । अहिले आएर यसै चरित्रले लोकतान्त्रिक अभ्यासमा सम्मिलित हुने सघन प्रयास गरेर सफलता पनि प्राप्त गरेको देखिन्छ ।  सत्ताका ठुला बडा शासक प्रशासकहरु रुपान्तरणका लागि प्रयत्नशील देखिएका छैनन् । निर्देशन जति सजिलो छ, आत्मप्रक्षालन त्यति सजिलो छैन । सत्तासीनहरुको बोली र व्यवहारले अद्यावधि जनतामा आशाको दीयो बाल्न सकेको छैन ।

विक्षिप्तका बर्बराहटजस्ता लाग्ने हामी जनताका यी यस्ता गुनासाहरु प्रहसन होइनन् । संज्ञान हुन् । संज्ञानले जनतालाई लड्ने र अघि बढ्ने हौसला दिन्छ ।

 (५) भर्खरै एक जन नेताजी भेटिनुभएको थियो । वहाँ भन्नुहुन्थ्यो, “हाम्रो मुलुकमा प्रधानमन्त्री हुनुहुन्छ । स्वास्थ्यमन्त्री हुनुहुन्छ । गृहमन्त्री हुनुहुन्छ । वहाँ प्रायः आफ्ना भाइ छोराका बचाउको झन्झटमा हुनुहुन्छ । तर पनि वहाँ कुर्सीमा सर्लक्क बस्न सकेकै अवस्थामा हुनुहुन्छ । स्वास्थ्यमन्त्री हट्ठाकट्ठा हुनुहुन्छ । संसारकै ज्ञानले भरिएको टाउको र जनतालाई उपहास गर्दै मुस्कुराउन सक्ने वदनसरोज वहाँको साथमा छ । मुलुकमा महामारीकै स्तरमा डेङ्गी आइदिनु वहाँका लागि गोरबको कुरा हो । शायद वहाँ यस आगमनबाट कृतकृत्य हुनुहुन्छ । भारतमा रैथाने बनेका डेंङ्गी नेपाल आइदिनुभएको छ । छिमेकी मुलुक त्यो पनि रोटीबेटीको विशेष  सम्बन्धले विभूषित मुलुक । त्यताबाट यहाँ आइदिनुभएको डेंङ्गीले स्वागत सम्मान त पाउनु पर्छ नै । पाउनुभएकै छ । नआउनु आइ नै दिनुभइसकेपछि वहाँले यहाँको नागरिकता पनि पाउनु पर्छ । यथाशीघ्र पाउनु पर्छ । नागरिकता पाएर सवै जिल्लामा पैmलिन पनि पाउनुपर्छ । यो स्वर्णिम अवसर छ । किनभने यस अवसरमा मुलुकमा डेंगीप्रिय स्वास्थ्यमन्त्री हुनुहुन्छ ।”

अर्का एक जना साहित्यकार साथी भन्दै हुनुहुन्थ्यो, “मैले सपनामा मुलुकका ठुला बडाहरुले डेङ्गीकोे परिक्रमा गरेको देखेँ ।  अनि भयङ्कर सूँढ धारण गरेका डंगुले जुटेर सडकमा नारा लाएको सपना देखेँ । ‘गणतान्त्रिक सम्राट्हरुको जय होस् ! तिनका सुख समृद्धिको जय होस् ! निकटवर्ती पतनको पनि जय होस् ।’ डेंगीका विषाक्त भुनभुनाहटमा सुनिएका यी आवाजहरु  मलाई सपनामा पनि खतरनाक लागेका थिए । डेंङ्गीहरुले हााम्रा गणतान्त्रिक सम्राट्हरुको जयजयकार गाएको सुनेर मलाई सपनामा पनि दुख लागेको थियो । लाज लागेको थियो । यो दुःस्वप्नको शान्ति कसरी गरुँ ? अहिले चिन्तनमा छु !”

२९भाद्र०७६

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...