सगरमाथा आधारशिविरको सफल यात्रा गरी फर्किए रञ्जित
जनकपुर– जनकपुरका रञ्जित साहले नेपालको झण्डा र साइकल बोकेर ५ हजार ६ सय ४३ मिटर अग्लो कालापत्थर र ५ हजार ३ सय ६४ मिटर उचाइको सगरमाथा आधार शिविरको सफल यात्रा पूरा गरेका छन् ।
तेश्रो मधेश आन्दोलनको क्रममा तराई मधेशमा ६ महिना लामो नाकाबन्दी भएपछि उनले हिमाल, पहाड र तराईबीचको सद्भावको लागि भन्दै साइकल यात्रा थालेका थिए । सोही क्रममा यो पटक उनले सगरमाथाको आधार शिविरसम्म साइलक यात्रा गरेका हुन् ।
जनकपुरधामको बसपार्क स्थित जिरो माइलमा उनको पान पसल छ । उनी वर्षमा ११ महिना पान बेच्छन् भने एक महिनाका लागि साइकल यात्रामा निस्कने गरेका छन् ।
साइकल लिएर भदाँ ५ मा जनकपुरधामबाट निस्केका उनी भदौ २७ मा आधारशिविर र भदौँ २८ गते कालापत्थर पुगेका थिए ।
रञ्जितले यात्राको क्रममा भोगेका घटनाहरु सम्झिँदै भने ‘यसपालिको यात्रामा मौसमले अत्यन्तै साथ दियो । म प्लास्टिकको सामान्य जुत्ता आकारको चप्पलमै आधारशिविर र कालापत्थर पुगेँ ।’
उनले थपे, ‘यात्राको क्रममा बाटोमा भेटिएका स्थानीयवासी, होटलवाल, सरकारी निकायका कर्मचारी सबैले सहयोग गर्नुभो । म सबैप्रति आभार व्यक्त गर्दछु ।’
अब उनले आगामी वसन्त ऋतुमा साइकल बोकेरै सगरमाथा आरोहण गर्ने लक्ष्य लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत