बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले ‘बिहेअघिको सेक्स’लाई प्रतिवन्ध गर्ने विधेयक ल्याउन लागेपछि इण्डोनेशियामा व्यापक विरोध

बिहीबार, ०९ असोज २०७६, १० : ४४
बिहीबार, ०९ असोज २०७६

एजेन्सी । इन्डोनेसियामा ‘विवाह अघिको सेक्स’लाई प्रतिबन्ध लगाउने विधेयकविरुद्ध हिसांत्मक प्रदर्शन सुरु भएको छ । 

विवादित विधेयकलाई लिएर इण्डोनेशियाका कयैन शहरमा प्रदर्शन भएको छ । प्रहरीले संसद अघि प्रदर्शन गरिरहेका प्रदर्शनकारीविरुद्ध अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । 

प्रस्तावित विधेयकमा धेरै अवस्थामा ‘गर्भपतन’ र ‘राष्ट्रपतिको अपमान’लाई गैरकानुनी मानिएको छ । 

तर विरोध प्रदर्शनका बीच विधेयकलाई अघि बढाइएको छैन । तर प्रदर्शनकारीको मनमा यो विधेयक संसदबाट पास हुने हो कि भन्ने चिन्ता छ । 
के छ विधेयकमा ?

प्रस्तावित विधेयकमा एक नयाँ आपराधिक संहिता छ । त्यसमा रहेका केही विवादास्पद बुदा यस्ता छन् ः

–विवाह अघिको शारिरिक सम्पर्कलाई दण्डनीय अपराध मानिनेछ । यसको लागि एक वर्ष जेल सजाय हुनसक्छ ।

–विवाह हुनु अघि सँगै बस्नु, लिभ–इन सम्बन्धमा बस्नु पनि अपराध मानिनेछ । यसो गरेको पाइएमा ६ महिनासम्म जेल हुन सक्छ ।

–राष्ट्रपति, उप–राष्ट्रपति, धर्म, सरकारी संस्था र राष्ट्रिय झण्डा वा राष्ट्रिय गान जस्ता राष्ट्रिय प्रतीकको ‘अपमान’ अवैध छ ।

–गर्भपतन एक दण्डनीय अपराध हो । बलात्कार र चिकित्सा आपतकालीन घटना बाहेक अवस्थामा गर्भपतन गराएको पाइएमा चार वर्ष जेल सजाँय हुन सक्छ ।

यो विधेयकमाथि मंगलबार मतदान गर्ने कार्यसूची थियो । तर राष्ट्रपति जोको विडोडोले त्यसलाई शुक्रबारसम्मका लागि स्थगन गरेका छन् । राष्ट्रपति विडोडोले विधेयकमाथि थप विचार गर्न आवश्यक ठानेको बताइएको छ ।
किन विरोध ?
राष्ट्रपतिले विधेयकमाथि थप छलफल आवश्यक रहेको बताएका छन् । तर, जनतामा संसदबाट यो विधेयक पास होला भन्ने चिन्ता छ ।

नयाँ विधेयकमा भ्रष्टाचार निवारण आयोगलाई कमजोर पार्ने प्रावधान रहेको भन्दै इन्डोनेसियाका जनताले आक्रोश पोखेका छन् । इन्डोनेसियामा भ्रष्टाचारीहरुलाई कारबाही गर्ने मुख्य निकाय भनेकै भ्रष्टाचार उन्मूलन आयोग हो ।
के भयो विरोधमा ?
विधेयकको विरोधमा देशका विभिन्न स्थानमा हजारौं प्रदर्शनकारी सकडमा उत्रिए । विरोध प्रदर्शनमा युवा विद्यार्थीको ठूलो सहभागिता देखिएको थियो । 
धेरै ठाउँमा विरोधले हिंसात्मक स्वरुप लिएको छ । 

राजधानीस्थित संसद भवन अघि प्रदर्शन भएको थियो । प्रदर्शनकारीले सभामुख बामबांग सोसैतियालाई भेट्न पाउनुपर्ने माग गरेका थिए । त्यहाँ प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको थियो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । जवाफमा प्रहरीले अश्रु ग्यास र पानीको फोहोर हानेको संचारमाध्यमले जनाएका छन् ।

प्रदर्शनको दौरान एक महिला प्रदर्शनकारी आफ्नो हातमा एक नारा लेखेकी थिइन् जसमा लेखिएको थियो ,‘मेरो चाहना सरकारको सरोकारको विषय होइन । ’

वेस्ट जावाको इस्लामिक युनिभर्सिटीमा पढ्नेवाली फुआद वाहियुदीनले समाचार एजेन्सी रोयर्टससँगको कुराकानीमा भनिन् ,‘हामी भ्रष्टाचार विरोधी एजेन्सीलाई लिएर बनाइएको नयाँ कानूनको विराध गरिरहेका छौं ।’
राजधानी जाकर्तामा शान्ति र सुरक्षा कायम गर्नको लागि पाँच हजारभन्दा बढी सुरक्षाबल तैनाथ गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप