शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सी विचारधारामाथि छलफलबारे काँग्रेसको निष्कर्ष : नेकपामा अधिनायकवादी आकांक्षा, साम्यवादी धङधङ्गी

केन्द्रीय समितिमा छलफलको एजेण्डा बन्ने
बिहीबार, ०९ असोज २०७६, १० : १९
बिहीबार, ०९ असोज २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चिनियाँ राष्ट्रपति सी जिनपिङ विचारधाराबारे अन्तरक्रिया गरेपछि प्रमुख प्रतिपक्षी दल काँग्रेसले चर्को विरोध गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख सोङ ताओको उपस्थितिमा असोज ६–७ गते काठमाडौँमा सी विचारधाराबारे विचार विमर्श कार्यक्रम गरिएको थियो ।

सी विचारधारामाथिको छलफलमा नेकपाका नेताहरूले सी विचारधाराको प्रशंसा गर्दै यही अवधारणा अन्तर्गत चीनसँग विकासको साझेदारी अघि बढाउन सकिने बताएका थिए ।

राजनीतिक विश्लेषकहरुले नेकपाले सो कार्यक्रमको तामझामलाई गलत भएको बताए पनि यसमा ‘राँकै बालेर उफ्रनुपर्ने’ आवश्यकता नरहेको बताएका छन् ।


तर काँग्रेसले भने सार्वजनीक रुपमै विभिन्न प्रश्न उठाएको छ र यस विषयलाई आफ्नो पार्टीको केन्द्रीय समिति बैठकमा छलफलकै एजेण्डा बनाउने तयारी गरेको छ । पूर्व परराष्ट्र मन्त्री एवम् काँग्रेसका नेता डा. रामशरण महतले बहुदलीय शासन व्यवस्था सञ्चालकले एकदलीय शासन व्यवस्थाबारे छलफल विवादित विषय भएको बताए ।

******

‘चीनसँग राम्रो सम्बन्ध होस् । चीनका राष्ट्रपतिसँग राम्रो सम्बन्ध होस् भन्ने हाम्रो पनि कुरा हो,’ महतले भने, ‘तर नेपालमा त बहुदलीय प्रथा छ । चीनमा एक दलीय प्रथा छ । सी विचारधाराले एक दलीय प्रथाको पक्षपोषण गर्छ । जसले सत्तारुढ दलले लिएको प्रशिक्षणले प्रश्न जन्मायो । किन भने पछिल्लो दशकमा चीनले उदार अर्थनीति अवलम्बन गरे पनि राजनीतिक रूपमा एक पार्टी राज्य व्यवस्था अँगाल्दै आएको छ ।’

******

‘चीनसँग राम्रो सम्बन्ध होस् । चीनका राष्ट्रपतिसँग राम्रो सम्बन्ध होस् भन्ने हाम्रो पनि कुरा हो,’ महतले भने, ‘तर नेपालमा त बहुदलीय प्रथा छ । चीनमा एक दलीय प्रथा छ । सी विचारधाराले एक दलीय प्रथाको पक्षपोषण गर्छ । जसले सत्तारुढ दलले लिएको प्रशिक्षणले प्रश्न जन्मायो । किन भने पछिल्लो दशकमा चीनले उदार अर्थनीति अवलम्बन गरे पनि राजनीतिक रूपमा एक पार्टी राज्य व्यवस्था अँगाल्दै आएको छ ।’

उनले नेकपाका नेताहरुसँग आत्मविश्वासको अभाव देखिएको तर्क गरे । ‘नेपालका कम्युनिस्टमा आत्मविश्वासको अभाव देखियो । नेपालको संविधानले लोकतान्त्रिक विधिबाट आउने समाजवादलाई स्वीकार गरेको छ । त्यो कुराहरुले पनि स्वीकार गर्नुभएको छ । तर सी विचारधारको प्रशिक्षण लिनुले फेरि प्रश्न जन्माएको छ,’ उनले भने ।

*****

‘सी विचारधारा संसदीय व्यवस्था, मानवअधिकार, लोकतन्त्रसँग मेलखाँदैन । अहिले पनि ५० कटेका नेकपाका नेताहरुमा चिनियाँ कम्युनिस्ट पार्टीप्रतिको मोह देखिन्छ,’ उनले भने, ‘मौका आयो भने साम्यवादी व्यवस्था ल्याउन सकिन्छ भन्ने उहाँहरुको दिमागमा रहेको देखिन्छ । यसले नेपालको आवधिक निर्वाचन, मानवअधिकार, न्यायपालिकाको स्वतन्त्रतामा उहाँहरु त्यति प्रतिबद्ध देखिनु भएको देखिँदैन ।’

*****

महतले सत्तारुढ दलले संविधानले आत्मसाथ नगरेको विषयमा प्रशिक्षण लिन राम्रो कुरा नभएको बताए । ‘नेपालको संविधानले लोकतान्त्रिक विधिबाट आउने समाजवादलाई स्वीकार गरेको छ । संविधानले आत्मसाथ नगरेको विषयमा प्र्रशिक्षित हुने कुराको विरोध त हुने नै भयो नि ?’ उनले भने, ‘उनीहरु एकदीय प्रथाबाट प्रशिक्षित भएपछि यो बहुदलको लागि राम्रो संकेत होइन । बहुदलीय पद्धति स्वीकार गर्नेले एक दलीय पद्धतिबाट प्रशिक्षित हुन थाले भने वा शिक्षा लिन खोज्यो भने प्रश्न उठाउनु स्वभाविक हो ।’

काँग्रेसका तर्फबाट परराष्ट्र मामिला हेर्ने जिम्मेवारी पाएका (छाया परराष्ट्र मन्त्री) नेता डा. नारायण खड्काले सी विचारको प्रशिक्षण लिनुले मौका आएपछि साम्यवादी व्यवस्था ल्याउने पूर्वतियारका रुपमा अथ्र्याए ।

‘सी विचारधारा संसदीय व्यवस्था, मानवअधिकार, लोकतन्त्रसँग मेलखाँदैन । अहिले पनि ५० कटेका नेकपाका नेताहरुमा चिनियाँ कम्युनिस्ट पार्टीप्रतिको मोह देखिन्छ,’ उनले भने, ‘मौका आयो भने साम्यवादी व्यवस्था ल्याउन सकिन्छ भन्ने उहाँहरुको दिमागमा रहेको देखिन्छ । यसले नेपालको आवधिक निर्वाचन, मानवअधिकार, न्यायपालिकाको स्वतन्त्रतामा उहाँहरु त्यति प्रतिबद्ध देखिनु भएको देखिँदैन ।’

आर्थिक र प्रविधिको पाटो छोडेर सैद्धान्तिक प्रशिक्षण लिनु नेकपाका नेतामा साम्यवादी व्यवस्थाको धङधङ्गी बाँकी नै रहेको नेता खड्काको बुझाइ छ ।

‘चीनबाट विदेशी लगानी कसरी आकर्षित गर्ने, उत्पादन कसरी बनाउने, नयाँ प्रविधि कसरी भित्र्याउने भन्ने कुरा सिक्न सकिन्छ । तर सैद्धान्तिक प्रशिक्षण लिने कुरा कुराले नेकपाका नेतामा साम्यवादी व्यवस्थाको धङधङ्गी बाँकी रहेको देखिन्छ,’ उनले भने ।

नेता खड्काले अगाडि भने, ‘मिडिया काउन्सिल, मानवअधिकारको भूमिका र ठूल्ठूला परियोजनाहरु आफ्नो मातहत ल्याएर सरकार कता कता साम्यवादी बाटोतिर जान लागेको हो कि भन्ने बहस चलिरहेका बेला बीचमा यो आउनुले देशभित्र र बाहिर आशंका उब्जिएको छ ।’

*****

‘आलोकाचो  र अधिनायकवादी आकांक्षा जे भएपनि काँग्रेसले यसलाई गम्भीर रुपमा लिएको छ,’ उनले भने, ‘आगामी १० गते बस्ने केन्द्रीय समिति बैठकमा सो विषयमा बहस हुन्छ नै होला । बैठकले यसबारे प्रस्ट धारणा सार्वजनिक गर्छ ।’

*****

नेकपाले सी विचारधाराबारे प्रशिक्षण नलिइ सबै दलका नेताहरुलाई राखेर विचार–विर्मश गरेको भए देशभित्र र बाहिर राम्रो सन्देश दिने थियो । तर, त्यस्तो हुन नसकेको उनको भनाइ थियो ।

‘नेकपाले सी विचारधाराबारे प्रशिक्षण नलिइ सबै दलका नेताहरुलाई राखेर विचार विर्मश गराएको भए राम्रो सन्देश जाने थियो । यसलाई सबैले भित्र र बाहिर सहज ढंगले ग्रहण गर्ने अवस्था बन्थ्यो । नेकपाका नेताहरु आफै कुममा कुम राखेर फोटो खिच्नमै रमाए । यसले राम्रो सन्देश दिएन ।’

दुई तिहाइको सरकार रहेको पार्टीले यस्तो कार्यक्रम गरेकाले पनि विषय पेचिलो बनेको नेता खड्काले बताए । ‘नेकपा सत्तारुढ दल नभएको भए यो हिसाबले कुरा उठ्ने थिएन । फेरि उहाँहरुसँग दुई तिहाई छ । यो बेला जेपनि गर्न सक्छन् भन्ने कुरा हो,’ उनले भने ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र, संघीयता र समृद्धिको यात्रा सफल पार्न नेपालीले नेपालीसँग सिक्न जरुरी रहेको बताए । ‘देशको लोकतन्त्र संघीयता, संविधान समृद्धिको यात्रा सफल बनाउनका लागि पहिलो कुरा नेपालीले नेपालीसँग सिक्न जरुरी छ । नेपालीले नेपालीसँग सिक्ने हो भने दुनियाँ कसैले हामीलाई सिकाइ रहनुपँदैन,’ उनले उदहारण दिँदै भने, ‘हामीले हाम्रो शान्ति प्रक्रिया आफ्नै मोडलमा, आफ्नै नेतृत्वमा  कसैले मध्यस्तता नगरेर पुरा गर्यौँ । आफ्नै अनुभव र अभ्यासमा सम्पन्न गर्यौँ ।’ नेपालीले नेपालीसँग झुक्यो भने दुनियाँको कुनै शक्तिसँग झुक्नु नपर्ने उनको तर्क थियो ।

चीन र भारतलाई दुई हातमा सँगसँगै उभ्याउन सकिएन भने समृद्धिको यात्रा सहज नहुने प्रवक्ता शर्मा बताउँछन् । ‘मित्र राष्ट्र चीन एकतिर छ, मित्र राष्ट्र भारत अर्कोतिर छ । हामी यतिबेला चीनतर्फ बढिनै ढल्कियौँ र भारततर्फ पीठ फर्कायौँ भने वा भारततिर ढल्केर चीनतर्फ ढल्कियौँ भने हाम्रो देशको समृद्धिको यात्रा सहज हुँदैन । त्यो दुई छिमेकी राष्ट्र दुई हातमा सँगसँगै उभ्याउन सक्नुपर्छ,’ उनले भने ।

उनका अनुसार सी विचारधाराबारे नेकपाले लिएको प्रशिक्षणलाई काँग्रेसले दुई ढंगले हेरेको छ । प्रवक्ता शर्माले भने, ‘सी विचारधाराको प्रशिक्षणलाई दुई ढंगले हेर्न सक्निछ । एउटा नेकपाको यो आलोकाचो शैली हो । अर्को अधिनायकवादी आकांक्षा हो । यो दुईवटा कुरा नेपाली परिवेश सुहाउँदो भएन भन्ने हाम्रो विमति हो ।’

*****

‘नेपालमा कम्युनिस्टहरुले पनि बहुदल मान्न थाले भन्ने जनतालाई लाग्यो र भोट दिएका हुन् । चीनमा राष्ट्रपति र प्रधानमन्त्री जनताले चुन्दैनन् । नेकपा चिनियाँकरण भयो भने घाटा नेकपालाई नै हो,’

*****

यस विषयमा आगामी केन्द्रीय समितिमा प्रस्ट धारणा सार्वजनिक गरिने उनले जानकारी दिए । ‘आलोकाचो  र अधिनायकवादी आकांक्षा जे भएपनि काँग्रेसले यसलाई गम्भीर रुपमा लिएको छ,’ उनले भने, ‘आगामी १० गते बस्ने केन्द्रीय समिति बैठकमा सो विषयमा बहस हुन्छ नै होला । बैठकले यसबारे प्रस्ट धारणा सार्वजनिक गर्छ ।’

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले चिनियाँ कम्युनिस्ट पार्टीसँगको सहकार्य असान्दर्भिक र अस्भाविक भएको टिप्पाणी गरे । उनले भने, ‘७० वर्ष पुरानो नेकपा र त्योभन्दा पनि पुरानो चिनियाँ कम्युनिस्ट पार्टीबीच यो तहको सम्बन्ध सहकार्य कहिल्यै देखिएन । अहिले किन हुँदैछ ? यो सहकार्य असान्दर्भिक र अस्भाविक छ ।’

चिनियाँ कम्युनिस्ट पार्टीले चलाउने सत्ता जनताबाट अनुमोदित भन्दै नेकपा चिनियाँकरण भए नेकपालाई नै घाटा हुने प्रमुख सचेतक खाँणको दाबी छ ।

‘नेपालमा कम्युनिस्टहरुले पनि बहुदल मान्न थाले भन्ने जनतालाई लाग्यो र भोट दिएका हुन् । चीनमा राष्ट्रपति र प्रधानमन्त्री जनताले चुन्दैनन् । नेकपा चिनियाँकरण भयो भने घाटा नेकपालाई नै हो,’ प्रमुखक सचेतक खाणले भने ।

यो घटनाले लोकतन्त्रप्रति प्रतिबद्धता र नेकपाको राजनीतिक दर्शनप्रतिमाथि प्रश्न खडा भएको उनी बताउँछन् । ‘आर्थिक, राजनीतिक, सांस्कृतिक विविधितासँगै भूराजनीतिक संवेदनशीलता रहेको नेपालमा सी विचारधाराको नक्कल गर्नु खोज्नुले नेकपाको लोकतन्त्रप्रति प्रतिबद्धता छैन भन्ने प्रमाण हो,’ उनले भने, ‘अर्को कुरा नेकपाको राजनीतिक दर्शन के हो भन्नेमा पनि प्रश्न उठेको छ ।

सरकारको यस्तो गतिविधिले संविधानमाथि खतरा बढेको प्रमुख सचेतक खाँणले बताए । ‘नेपालमा नेताहरुले पहिलो पटक कम्युनिस्ट सरकार भनेर बोल्न थालेको हुँदा सरकार सञ्चालकहरुले कम्युनिस्ट सत्ता नै सञ्चालन गर्ने चेक्ष्टा बोकेको देखिन्छ,’ उनले भने, ‘यसका लागि संविधानका लोतान्त्रिक प्रावधानमाथि प्रहार हुन थालेको छ । यो संविधानमाथि सत्ताधारीहरुबाटै बढी खतरा छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप