शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व मुटुरोग दिवसको अवसरमा नर्भिकले विशेष प्रशिक्षण दिने

बुधबार, ०८ असोज २०७६, १८ : ४७
बुधबार, ०८ असोज २०७६

काठमाडौं– ‘विश्व मुटु दिवस २०१९’ का अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलको मुटुरोग विभागले मुटुरोगीहरुका लागि विशेष विशेष प्रशिक्षण दिने भएको छ । 

हस्पिटलले मुटुरोगीहरुका लागि खानपिन, व्यायाम, औषधोपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक विविध प्राथमिक उपचारका बारेमा उपयोगी एवम् जानकारीमुलक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराएको छ । 

तालिम प्रदायक टोलीमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. यादवदेव भट्ट, चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जे.पी जयसवाल, मुटुरोग विशेषज्ञहरु डा. नग्मा श्रेष्ठ,  डा. सन्तोषलाल श्रेष्ठ र डा. राजिव श्रेष्ठ छन् । इच्छुक व्यक्तिहरुले कार्यक्रममा भाग लिन सक्ने हस्पिटलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप