शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय तहले खर्च विवरण नबुझाउँदा समस्या

बुधबार, ०८ असोज २०७६, १७ : १२
बुधबार, ०८ असोज २०७६

ओखलढुंगा–ओखलढुंगाका स्थानीय तहले खर्च विवरण नबुझाएपछि चालु तथा पुँजीगत खर्चको अख्तियारी फुकुवा हुन सकेको छैन । अनलाइन मार्फत उपलब्ध गराउनु पर्ने विवरण नपठाएपछि निकासा रोकिएको हो । 
ओखलढुंगाका ८ स्थानीय तहमध्ये सोमबारसम्म मोलुङ र चिसंखुगढी गाउँपालिकाको मात्र विवरण अनलाइनमा उपलब्ध छ । यी दुई स्थानीय तहको पहिलो चौमासिकको बजेटको निकासा पनि सोमबारै भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

रकम निकासा लिएर पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता वितरण तथा अन्य प्रथामिकतामा रहेका केही काम चाडबाडकै विचमा समेत गर्ने तयारी गरिएको चिसंखुगढीका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए । अन्य ६ स्थानीय तहको विवरण भने अझै कोष तथा लेखा नियन्त्रण कार्यालयमा पूर्ण रुपमा बुझाइएको छैन । सिद्धिचरण नगरपालिका, खिजीदेम्वा गाउँपालिका, मानेभञ्ज्यांग, सुनकोसी, लिखु र चम्पादेवीले विवरण बुझाएका छैनन् । पहिलो चौमासिकको दुई महिना बितेपनि खर्च विवरण पेश नहुँदा निकासा रोकिएको हो ।

अनलाइन मार्फत पेश गर्नु पर्ने विवरण आएका दुई स्थानीय तहको रकम निकासा सोमबारै भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राजनकुमार फुयाँलले बताए । 
पेश भएका तहको तत्कालै निकासा हुने फुयलको भनाइ छ । बजेट निकासा नहुँदा पहिलो चौमासिकमा हुने विकासका योजना दशैं तिहार अघि शुरु नहुने भएका छन् भने सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्न समस्या हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप