शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पेस्तोल र गोलीसहित ४ जना नियन्त्रणमा

बुधबार, ०८ असोज २०७६, १६ : ३५
बुधबार, ०८ असोज २०७६

काठमाडौं–  प्रहरीले   पेस्तोल सहित ४ जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले  काठममाडौं महानगरपालिका ९ शम्भुमार्ग स्थित एभरेष्ट होलीडे ईन होटलको ४०४ नम्बर रूमबाट बालुवाटार बस्ने उदयपुर कटारीका भिम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भिम बहादुर माझी, बल्खु बस्ने सिन्धुलिकै  प्रदीप माझी र सीतापाईला बस्ने लोकेन्द्र बहादुर आलेलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट प्रहरीले पेस्तोल १ थान, म्यागजिन १ थान र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड  बरामद गरेको जनाएको छ । 

 घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप