शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देशको अर्थतन्त्रले सही गति लिन लागेको हो ?  प्रतिवेदन भन्छ– आयात घट्यो, निर्यात बढ्यो

बुधबार, ०८ असोज २०७६, १६ : १३
बुधबार, ०८ असोज २०७६

काठमाडौं–चालू आर्थिक वर्ष  २०७६÷०७७ मा देशमा व्यापार घाटा कम हुने संकेत देखिएको छ । चालू आर्थिक वर्षको पहिलो महिनाको प्रतिवेदनले व्यापारघाटा कम हुने संकेत गरेको हो । साउनमा आयात ११.५१ प्रतिशतले घटेको छ भने निर्यात २७.६८ प्रतिशतले बढेको तथ्यांक भन्सार विभागसँग छ । 

गन्तव्यका आधारमा भारततर्फ ५१.८ प्रतिशत र चीनतर्फ १३२.९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । अन्य मुलुकतर्फको निर्यातमा भने ९.२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा तेल, अलैंची, दन्तमन्जन, जुटका सामान, पोलिष्टर यार्न, लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तयारी पोशाक, पस्मिना, ऊनी गलैंचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७६÷७७ को पहिलो महिनामा कुल वस्तु आयात ११.५ प्रतिशतले घटेर .१ खर्ब ६ अर्ब ७३ करोड कायम भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५४.३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४.५ प्रतिशत र ४१.२ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात २४.० प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति .६ अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु२४ अर्ब ७७ करोडले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ५० लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५ करोड ४२ लाखले बचतमा रहेको छ । आयात बढेसँगै भुक्तानी सन्तुलन बचतमा रहेको हो ।

विदेशी मुद्राको सञ्चिती पनि बढ्यो 
नेपाल राष्ट्र बैंकले  विदेशी मुद्राको सञ्चितीमा पनि वृद्धि भएको देखाएको छ । तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको १० खर्ब ३८ अर्ब ९२ करोडबाट वृद्धि भइ २०७६ साउन मसान्तमा रु १० खर्ब ६४ अर्ब ६४ करोड पुगेको  देखाएको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ साउन मसान्तमा ९ अर्ब ३८ करोड रहेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७६ साउन मसान्तमा .९ खर्ब २१ अर्ब ५३ करोड रुपैयाँ  बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको  छ ।

विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा .१ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ साउन मसान्तमा.१ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ  रहेको छ । २०७६ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.२ महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने  राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३०.७ प्रतिशत, ७३.५ प्रतिशत र २९.८ प्रतिशत रहेका छन् । 
२०७६ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप