शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लिभोनको नयाँ स्याम्पू र कण्डिशनर नेपाली बजारमा

बुधबार, ०८ असोज २०७६, १२ : २५
बुधबार, ०८ असोज २०७६

ललितपुर– लिभोनले नेपालमा स्याम्पू र कण्डिशनरहरु उपलब्ध गराएको छ । लिभोनले दक्षिण एशियामै पहिलो पटक लोकप्रिय हेयर सिरमका अतिरिक्त स्याम्पू र कण्डिशनरहरु उपलब्ध गराएको हो ।

लिभोनका यी उत्पादनहरु एक समारोहबीच मिस नेपाल २००२ तथा सामाजिक अभियन्ता माल्भिका सुब्बा, मिस नेपाल २०१८ शृंखला खतिवडा, चर्चित सौन्दर्य तथा केश विज्ञ इच्छा कार्की र दि हिडन ट्रेजर मिस नेपाल २०१९ का २५ प्रतियोगीहरुले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

लिभोनले विशेष ३ भिन्न किसिमका केशहरुको लागि स्याम्पू र कण्डिशनरहरु प्रस्तुत गरेको छ । कम्पनीका अनुसार लिभोन स्याम्पू र कण्डिशनर ३ भिन्न भिन्न प्रकारमा उपलब्ध छन् । जुन सामान्य केश, रुखो केश र खराब केशहरुको लागि उपयुक्त हुने गरी तयार पारिएको कम्पनीको दावी छ ।

प्राकृतिक तत्वहरु प्रयोग गरिएका उत्पादनहरु प्रति बढ्दो रुचीलाई दृष्टिगत राख्दै, लिभोन स्याम्पू र कण्डिशनरमा भिन्न किसिमका केशहरु सुहाउँदो पोषणतत्व, म्वाइस्चराइजिङ र मर्मत गर्ने प्राकृतिक गुणहरु मिलाइएको छ ।

लिभोनले यसका साथै नुहाउनु पूर्व कपाललाई पोषण प्रदान गर्ने लिभोन क्रेम आयल पनि बजारमा पेश गरेको छ । लिभोन क्रेम आयलले तेल रातभर लगाएर प्राप्त हुने पोषण मात्र ३० मिनेटमा प्रदान गर्ने कम्पनीको दावी छ । नरिवलको दूध र नरिवलको तेलको असली गुणहरुले भरपूर लिभोन क्रेम आयलले तेल लगाइरहने झन्झटबाट छुट्कारा दिलाउँदै केशलाई पौष्किटता प्रदान गर्दछ ।

लिभोनको लोकप्रिय सिरमसँगै युवतीहरुको दैनिकीमा स्टाइलिङ एजेण्टको रुपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । लिभोन दोस्रो वर्षको लागि दि हिडन ट्रेजर मिस नेपाल २०१९सँग स्टाइलिङ पार्टनरको रुपमा आबद्ध पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप