शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोनाल्डोबिनै युभेन्ट्स विजयी

बुधबार, ०८ असोज २०७६, ०९ : ५९
बुधबार, ०८ असोज २०७६

एजेन्सी । सुपरस्टार क्रिस्टियानो रोनाल्डोबिनानै युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा युभेन्टसले ब्रेसियालाई उसैको मैदानमा २–१ गोलले हरायो । सुरुवातमा पछि परेको युभेन्ट्सले पुनरागमन गर्दै जित निकालेको हो । यसमा युभेन्ट्सले ब्रेसियाबाट एक आत्मघाती गोल उपहार पाएको थियो ।

खेलको चौथो मिनेटमै ब्रेसियाका अल्फ्रेडो डोनाररुम्माले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि ४० औँ मिनेटमा ब्रसियाकै जोन चान्सेलरले आत्मघाती गोल गरेपछि युभेन्ट्स खेलमा फर्किएको थियो । मिरालेम पजानिकले ६३औँ मिनेटमा गोलगर्दै युभेन्ट्सलाई जिताएका थिए । रोनाल्डो मांशपेशीको चोटका कारण यस खेलमा उपस्थित भएनन् ।

जीतसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्सले पाँच खेलबाट १३ अंक बनाएको छ । ब्रेसिया ६ अंकसहित ११ औँ स्थानमा छ । मंगलबार रातिनै भएको अर्को खेलमा उडिनेजे र भेरोनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप