शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो बन्दैछ गोदावारीमा ८० करोड लागतमा ३ हजार मान्छे अट्ने सरकारी हल

५ महिनामा निर्माण सक्ने लक्ष्य
बुधबार, ०८ असोज २०७६, ०९ : ४५
बुधबार, ०८ असोज २०७६

काठमाडौँ । ठूला सभा समारोह कार्यक्रम गर्न धेरै मानिस अटाउने हल नभएपछि सरकारले ३ हजार सिट क्षमताको हल बनाउने तयारी थालेको छ । ललितपुरको गोदावारी बसपार्क छेउ १ सय १२ रोपनी क्षेत्रफल जमिनमा सभाहल बनाउन लागिएको हो ।

भ्याट सहित ८० करोड लागत अनुमान गरिएको सो हल ५ महिनामा निर्माण सक्ने लक्ष्य राखिएको छ । हल निर्माणका लागि बोलपत्र आह्वान गरिएको शहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर प्रर्किण तुलाधरले रातोपाटीलाई जानकारी दिए ।

ठूला किसिमका कार्यक्रम गर्न हलको समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि छिटो भन्दा छिटो हल बनाउन निर्देशन दिएको उनले बताए । यो वर्षको नीति तथा कार्यक्रममा पनि समारोह हल बनाउने विषय राखिएकोले पनि हल निर्माणको कामले प्राथमिकता पाएको हो । कार्तिकदेखि हल निर्माणको काम सुरु हुने तुलाधरले जानकारी दिए ।

यसअघि भक्तपुरको सानोठिमीमा निर्माण गर्ने भनेपनि जग्गा प्राप्तिमा समस्या भएपछि ललितपुरको गोदावरीमा बनाउन लागिएको हो ।

ठूला किसिमका सभा समारोहहरु गर्ने सम्मेलन केन्द्रका रुपमा सो हल बनाउन लागिएको हो । सम्मेलन केन्द्रमा भिभिआइपी रुम, हलको मञ्चमा ठूला एलइडी मोनिटर, अत्याधुनिक साउन्ड सिस्टमसहित बगैँचा लगायतका संरचनाहरु रहनेछन् ।

संसद सचिवालयले भाडामा लिनुअघि काठमाडौँ महानगरपालिको स्वामित्वको नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र १२ सय सिट क्षमताको सभाहलका रुपमा प्रयोग हुने गरेको थियो ।

सार्क सम्मेलन लगायतका अन्य ठूला प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, गोष्ठि जस्ता कार्यक्रम गर्नका लागि ठूलो र स्थायी हल नभएपछि सरकारले दु्रत गतिमा हल निर्माण गर्न लागेको हो ।

यस्तो हुनेछ हल, हेर्नुहोस थ्रीडि तस्वीर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप