शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पविरुद्ध महाभियोगको औपचारिक प्रक्रिया सुरु

बुधबार, ०८ असोज २०७६, ०८ : २५
बुधबार, ०८ असोज २०७६

अमेरिकाको प्रतिनधि सभाकी प्रवक्ता नेन्सी पलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छिन् ।

डेमोक्रेट्सले औपचारिक रुपमा महाभियोग प्रक्रिया सुरु गरेको छ ।

उनीमाथि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीमाथि डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाईडन र उनका छोराविरुद्ध भ्रष्टाचारको दाबीमाथि  अनुसन्धान सुरु गर्न दबाब दिइएको आरोप छ, जसलाई ट्रम्पले अस्विकार गर्दै आएका छन् ।

यद्यपि, उनले आफ्नो राजनीतिक प्रतिद्वन्द्वीबारे युक्रेनका राष्ट्रपतिसँग चर्चा गरेको भने स्विकारेका छन् ।

नेन्सी पलोसीले ट्रम्पले अमेरिकाको संविधानको घोर उल्लंघन गरेको आरोप लगाएकी छिन् । उनले भनिन्, ‘राष्ट्रपति जवाफ दिन तयार हुनुपर्छ, कानूनभन्दा माथि कोही पनि छैन ।’

Photo: Getty Image

ट्रम्पलाई पदबाट हटाउने कुनै पनि कोसिसका लागि २० रिपब्लिकन सांसदको आवश्यकता पर्छ ।

अहिलेसम्म अमेरिकाका कोही  पनि राष्ट्रपतिलाई महाभियोगमार्फत् हटाइएको छैन ।

जो बाइडनले पनि महाभियोगको सुरु भएको प्रक्रियालाई  समर्थन गरेका छन् । उनले भने, ‘ट्रम्पमाथि महाभियोग चलाउनु दुर्भाग्यपूर्ण हुनेछ, तर उनको आफ्नै व्यवहारले यस्तो गर्नुपरेको हो ।’

पूर्व उपराष्ट्रपति जो बाइडन सन् २०२० मा हुने राष्ट्रपति चुनावमा ट्रम्पलाई टक्कर दिन सक्छन् ।

ट्रम्पले महाभियोग उनका लागि राजनीतिक रुपमा ‘सकारात्मक हुने’ बताएका छन् ।

तल्लो सदनमा १४५ देखि २३५ डेमोक्रेट्स महाभियोगको समर्थनमा भएको बताइन्छ ।

 तर महाभियोगको प्रक्रिया तल्लो सदनबाट पारित भए पनि यो रिपब्लिकनको बहुमत भएको सिनेटबाट पास हुन मुश्किल छ र ओपिनियन पोलका अनुसार अमेरिकाका मतदाताबीच यो खासै लोकप्रिय छैन ।

Photo: Reuters

के हो पूरा घटना ?

गत हप्ता अमेरिकाको गुप्तचर अधिकारीले सरकारका एक वाचडगलाई ट्रम्पले एक विदेशी नेतासँग कुराकानी गरेको बारे जानकारी दिएका थिए । पछि ती विदेशी नेता युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की हुन् भनेर पत्ता लाग्यो ।

इन्टेलिजेन्स इन्स्पेक्टर जनरलले सूचना प्रदाता (ह्विसल ब्लोअर) को उक्त जानकारी ‘तत्काल ध्यानमा लिन योग्य’ र विश्वसनीय मानेका थिए । उक्त जानकारीको कपीलाई डेमोक्रेट्सले संसदमा माग गरेका थिए तर ह्वाइट हाउस र न्याय विभागले यसको प्रति प्रदान गर्न अस्विकार गरेका थिए ।

         

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप