बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिल शर्मा पुनः विवादमा, अब सिद्धूसँग यस विषयमा गरे झगडा

मङ्गलबार, ३१ साउन २०७४, १२ : ३८
मङ्गलबार, ३१ साउन २०७४

कपिल शर्माको समस्याले कम हुने छाँटकाँट देखाएको छैन । अब उनले आफ्नो कार्यक्रमका पाहुना नवजोत सिंह सिद्धूसँग झगडा गरेको खबर भारतीय मिडियाले सार्वजनिक गरेका छन् । उक्त विवाद सिद्धूको कुर्सीको विषयमा भएको बताइएको छ ।

स्रोतका अनुसार सिद्धूलाई अत्यधिक ज्वरो आएको थियो र उनको खराब स्वास्थ्यस्थितीका कारण कार्यक्रमको सुटिङ आइतबारसम्म रोकियो र उनको कुर्सी पनि एक्लियो ।

तर अब खबर यो आएको छ कि कपिलले आफ्ना पाहुना सिद्धू फर्कने दिनसम्म पर्खिएनन् र उनको स्थानमा अर्चना पूरन सिंहलाई राख्ने निर्णय गरे । यो कुरा सिद्धूलाई मन परेन  र उनले कपिललाई फोन गरेर रोष व्यक्त गरे । कपिलले सिद्धूलाई पूरा कुरा सम्झाउने कोसिस गरे तर उनी केही सुन्नका लागि तयार थिएनन् ।

एक रिपोर्टका अनुसार सिद्धूले यस्तो प्रकारले फोन गरेपछि कपिलको समूहले तत्काल अर्चना पूरन सिंहलाई फोन गरेर सुटिङमा नआउनका लागि आग्रह गरे । उक्त कार्यक्रममा पाहुनाको रुपमा ज्याकलिन फर्नान्डिज र सिद्धार्थ मल्होत्रा समावेश हुने तय भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप