बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गाँजा तस्करलाई गोली हानेर पक्राउ

मङ्गलबार, ०७ असोज २०७६, २२ : ४४
मङ्गलबार, ०७ असोज २०७६

हेटौंडा-प्रहरीले एक गाँजा तस्करलाई गोली हानी पक्राउ गरेको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहा नेतृत्वको टोलीले चालक अफ्रिका चौधरीलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा दुई राउन्ड गोली प्रहार गरेको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज यहाँ पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउँदै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२९ का चौधरीलाई नियन्त्रणमा लिइएको जनाइएको छ । हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना६ख १३१ नंको ट्रकमा सुरक्षा जाँच गर्ने क्रममा ट्रकका चालक चौधरीले प्रहरी जवानसहित ट्रक भगाएका थिए । 

चालक चौधरी र ट्रकमा रहेका अर्का एक व्यक्तिले चुरियामाई नयाँ बस्तीमा ट्रक रोकी प्रहरी जवानलाई लछारपछार गर्दै जङ्गलतर्फ लैजाने प्रयास गर्दा पिछा गर्दै आएका प्रहरीले गोली प्रहार गरी चौधरीलाई नियन्त्रणमा लिएको थियो । 

घटनामा दुईजना प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले प्रहरीले जानकारी दिए । प्रहरीले ट्रकको क्याबिनबाट १४ पोकामा रहेको ७८ किलो ८०० ग्राम लागुऔषध गाँजा बरामद गरेको  थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप