शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व प्रसिद्द नम्बर वान टायर ‘मिचिलियन’ नेपाली बजारमा

मङ्गलबार, ०७ असोज २०७६, १७ : ५२
मङ्गलबार, ०७ असोज २०७६

काठमाडौैं– विश्व प्रसिद्द टायर ब्राण्ड मिसिलियनले नेपाली बजारमा औपचारिक कारोबार सुरु गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मिसिलियनका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ब्राण्डको औपचारिक उद्घाटन गरेको हो । 

विगत तीन वर्षदेखि मिसिलियन टायरको कारोबार गर्दै आइरहे पनि कम्पनीले भर्खर मात्र ब्राण्डको औपचारिक रुपमा सार्वजनिक गरेको होे । फ्रान्सेली ब्राण्ड मिसिलियनलाई विश्व बजारमा उत्कृष्ट मानिन्छ ।  सन् १८८९ मा फ्रान्सबाट उत्पादन थालेको मिसिलियनले हाल भारतमा समेत अर्को कम्पनीसँगको साझेदारीमा प्लान्ट स्थापना गरी टायर उत्पादन गरिरहेको छ । शुरुमा सामान्य साईकलको टायरबाट उत्पादन थालेको मिसिलियनले अहिले बस, कार जिपदेखि हवाई जहाज सम्मको टायर उत्पादन गरिरहेको छ । 

ब्राण्ड सार्वजनिक गर्दै मिचिलियनका लागि भारतका सार्स जनरल म्यानेजर प्रदिप थार्वेले विश्वको उत्कृष्ट्र ब्राण्ड मिसिलियनलाई नेपाली बजारमा सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए ।  ‘गुणस्तर, किफायती र सुरक्षा तीनै कुराले पूर्ण मिसिलियनलाई नेपाली बजारमा सार्वजनिक गर्न पाउँदा खुशी लागेको छ । यो टायर नेपाली बाटो र माटो सुहाउँदो छ । जुन तीन वर्षको परिक्षणले प्रमाणित गरिसकेको छ ।’ थार्वेले भने, ‘मिचिलियनले अझ नेपालीहरुको मन जित्नेमा ढुक्क छौं ।’

ब्राण्ड सार्वजनिक गर्दै सिप्रदीका सिईओ राजन बाबु श्रेष्ठले विश्वकै नम्बर वान ब्राण्ड भएकोले प्रयोगकर्ताहरुले मिसिलियनलाई नै रोज्ने विश्वास व्यक्त गरे ।  ‘हामीले विश्व उत्कृष्ट ब्राण्डको टायरलाई नेपाली बजारमा ल्याएको छौं । यसले गुणस्तरीय र सुरक्षित टायर चाहनेको आवश्यकता पूरा गर्ने छ ।’ श्रेष्ठले भने, ‘ब्राण्डको उत्कृष्टताका हिसाबले समेत मिसिलियन बहुउपभोगी र सस्तो रहेको छ । जुन गूण र विशेषता अन्य टायरमा पाईदैन ।’
हाल सिप्रदीले देशैभरका आफ्ना डिलर तथा रिटेलरहरु मार्फत मिसिलियन टायर विक्रि वितरण गर्दै आएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप