शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल क्यान्सर हस्पिटल बीच सम्झौता

मङ्गलबार, ०७ असोज २०७६, १५ : १७
मङ्गलबार, ०७ असोज २०७६

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल हरिसिद्घि बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले हस्ताक्षर गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप