इरानी राष्ट्रपतिसँगको भेटघाट टुङ्गो लागेको छैन: डोनाल्ड ट्रम्प
संयुक्तराष्ट्र संघ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता संयुक्तराष्ट्रसंघ महासभाको बैठकका क्रममा इरानी राष्ट्रपतिसँग भेटघाट हुन सक्ने सम्भावना रहेको बताएका छन् । तर उनले भेटघाटको औपचारिक कार्यक्रम अझैसम्म तय भइनसकेको जानकारी दिए ।
संयुक्तराष्ट्र महासभाको बैठकस्थल न्यूयोर्कमा दुबै नेताबीच भेटवार्ता हुने सम्भावनाका बारेमा विभिन्न अड्कलबाजी भइरहेका छन् । फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याँक्रोले दुबै नेताबीच वार्ता गराउन प्रयास जारी राखेका छन् ।
साउदी अरेबियाका दुईवटा तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि इरानी र अमेरिकी राष्ट्रपतिबीचको भेटवार्ता लगभग टुङ्गिएको थियो । अमेरिकाले साउदीमा भएका आक्रमणहरु इरानले गरेको आरोप लगाउँदै आएको छ, तर इरानले भने अमेरिकी आरोप सत्य नभएको दाबी गर्दै आएको छ ।
राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आफूले इरानी नेतालाई भेट्न चाहेको बताए । ‘तर, अहिलेसम्म कुनै समयतालिकाका बारेमा छलफल भएको छैन ।’ सोमबार फ्रान्सेली राष्ट्रपति म्याँक्रोले राष्ट्रपति ट्रम्पसँग अनौपचारिक परामर्श गरेपछि त्यही साँझ इरानी नेता रौहानीसँग झण्डै ९० मिनेट वार्ता गरेका थिए ।
फ्रान्सेली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा दुबै मुलुकबीच गतिरोध अन्त्य गर्न त्यति सहज नरहेको तर इरानले पनि आफूलाई सुधार गर्न जरुरी रहेको उल्लेख छ । म्याँक्रोले अमेरिकी राष्ट्रपतिलाई मंगलबार पनि भेट्दै छन् । राष्ट्रपति म्याँक्रोले भने, मैले जतिसक्दो प्रयास गर्नेछु ताकि छलफलका लागि उपयुक्त वातावरण बन्न सकोस् ।
राष्ट्रपति ट्रम्पले भने इरानसँग वार्ता गर्न फ्रान्सको मध्यस्थता जरुरी नरहेको पनि बताए । उनले इरानी नेताहरुलाई हामीसँग भेटवार्ता गर्न सम्पर्क विन्दुहरु भलिभाँती रहेको समेत बताए । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार
-
नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी
-
जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत