शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के पुरानो प्रेम फेरि टुसाउन खोज्दैछ  ?

मङ्गलबार, ०७ असोज २०७६, १३ : २४
मङ्गलबार, ०७ असोज २०७६

काठमाडौं – पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा थुप्रै अभिनेत्री भित्रिएका छन् । ती मध्य थोरैलाई मात्र सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ । 

त्यस्तै मध्यकी एक हुन् अभिनेत्री जसिता गुरुङ । जसिता युवास्टार प्रदीप खड्का अभिनित फिल्म ‘लिलिबिलि’बाट डेब्यु गरेकी हुन् । पहिलो फिल्मबाट राम्रो सफलता र चर्चा कमाएकी गुरुङले दोस्रो फिल्म प्रदीपसँगै ‘लभ स्टेशन’ गरिन् । यो फिल्मले उनलाई चर्चा दिलाएपनि सफलता भने दिलाउन सकेन ।

अहिले भने उनी ‘आई एम ट्वान्टी वान’ अभिनय गर्दैछिन् । यो फिल्म रेनशा वान्तवा राईले बनाउन लागेकी हुन् । यस अगाडि राइले ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशन गरेकी थिइन् । ‘आई एम ट्वान्टी वान’मा ‘इन्टु मिन्टु लण्डनमा’को हिरो धीरज मगरसँग उनको रोमान्स रहने बताइएको छ ।

त्रिकोणात्मक प्रेमकथामा बन्ने ‘आई एम ट्वान्टी वान’को काम सुरु भएको छैन । तर अभिनेत्री जसिता र धीरज भने सार्वजनिक स्थानमा एकसाथ देखिन थालेका छन् । उनीहरुको यो निकतालाई धेरैले प्रेमको अनुमान लगाएका छन् ।

हुन त यो जोडीलाई केही पहिले पूर्व प्रेमजोडी समेत भन्ने गरिन्थ्यो । यूके रैनाथे उनीहरु फिल्ममा आउजु पूर्व प्रेम सम्बन्धमा रहेको चर्चा नचलेको पनि होइन । तर, दुबै अहिले यो कुरा स्वीकारेको अवस्था भने छैन । पहिलादेखि नै चिनजान भएता पनि अफेयर नभएको उनीहरुले बताउने गरेका छन् । 

गत बिहीबार उनीहरु निर्देशक रेनशाका श्रीमान् प्रज्वल शम्शेर राणाले बानेस्वरमा सञ्चालनमा ल्याएको मल्टीप्लेक्स हल ‘वान सिनेमाज’को उद्घाटनमा पनि पुगेका थिए । 

धीरजको पाखुरा समात्दै कार्यक्रममा पुगेकी जसिता निकै बोल्ड अवतारमा देखिएकी थिइन् । कार्यक्रम अवधिभर पनि धीरजसँग टाँसिएर रहेका यी दुबैको घनिष्टता मिडियाले पनि आफ्नो क्यामरामा कैद गरेका थिए ।

उनीहरुको क्रियाकलाप नजिकबाट नियालिरहेका मिडियाकर्मीले के पुरानो प्रेम फेरि टुसाउन खोज्दैछ ? भनेर समेत चर्चा गरेका थिए । दुईको सामीप्यता देखेर प्रेमको अनुमान नलगाउने कार्यक्रममा सायदै थिए होलान् । 

पहिलो पटक धिरज र जसिताको जोडी बाँधिएका कारण छायांकन अगावै ‘आई एम ट्वान्टी वान’ को दर्शकमाझ व्यग्र प्रतिक्षा भइरहेको छ । अहिलेदेखि नै भइरहेको यो जोडीको चर्चाले फिल्मको प्रचारमा ठूलो मद्दत पुग्ने देखिन्छ । त्यसैले निर्देशक रेनशाले पनि दुईलाई चर्चामा ल्याउन कुनै कसर बाँकी राखेकी छैनन् । आफ्नो हल उद्घाटनमा उनले दुईलाई उपस्थित गराउनुको उद्देश्य पनि यही थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप