शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सय रुपैयाँको नयाँ नोट आजदेखि बजारमा, यस्ता छन् यसका विशेषता

मङ्गलबार, ०७ असोज २०७६, १३ : ०८
मङ्गलबार, ०७ असोज २०७६

काठमाडौं– नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट आजबाट  (मंगलबार) बजारमा पठाएको छ ।  आकार, प्रकार र रंग भने पहिलेकै जस्तो छ । 

नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अङ्ग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ ।

सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ । नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिन्छ ।

नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप