शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लेखक सुबिनले गरे चलचित्र ‘समर लभ’को सुरुवात

मङ्गलबार, ३१ साउन २०७४, ११ : ३८
मङ्गलबार, ३१ साउन २०७४

 
काठमाडौं – सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ माथि बन्न लागेको चलचित्र ‘समर लभ’को छायाँकन सुरु भएको छ । चलचित्रको सोमबारबाट छायाँकन सुरु भएको हो । किर्तिपूरमा आयोजित एक कार्यक्रममा उपन्यासका लेखक भट्टराईले नरिवल फुटाएर चलचित्रको साइत गरे । 
मुस्कान ढकालको निर्देशन रहने चलचित्रमा नम्रता सापकोटा, शिशिर भण्डारी, अभिषा खनाल, इन्दू भण्डारी र पुर्णिमा थापा लगायतको कलाकारको अभिनय रहनेछ । 
काठमाडौं, पोखरा, धनगढीसँगै नर्वेमा पनि चलचित्रको छायाँकन सरिनेछ । 
सामीप्यराज तिमल्सेनाको पटकथा रहेको चलचित्र नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको हो । उपन्यासको चर्चित पात्रसाया र अतितको भूमिकामा नयाँ कलाकार आशिष पिया र रेवती क्षत्री रहनेछन् । 
पुष्पन प्रधानको संगीत रहने चलचित्रको सम्बाद सुबिन र सामीप्यले संयुक्त रुपमा तयार पारेका हुन् । विनोद अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा लगानी भरत शर्मा, सपन सरकार, ईन्दु भण्डारी र मनु बिकले गर्न लागेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप