केन्द्रीय संस्करण

हामीलाई विश्वास गर्नुहोस्, ४० वर्षभित्र नेपाललाई सिंगापुर बनाउछौँं : बाबुराम भट्टराई

person explore access_timeअसोज ६, २०७६ chat_bubble_outline6
FILE PHOTO

सिन्धुलीमाढी – समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टीले नै देशलाई समृद्ध बनाउने बताएका छन्।

सोमबार सिन्धुलीमाढीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच जिल्ला समायोजन घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीले लिएको लक्ष्यका आधारमा मात्र देशलाई समृद्ध बनाउन सकिने बताए । 

“अहिलेको सरकार र नेपाली काङ्ग्रेसको बोली एकातिर र व्यवहार अर्को हुँदा देश समृद्ध हुन सक्दैन”, उनले भने, “तपाईहरुले विश्वास गर्नुस्, हामी समाजवाद र समावेशी लोकतन्त्र ल्याई देशलाई समृद्ध बनाउँदैछोँ ।” 

चालीस वर्षभित्र नेपाललाई सिङ्गापुरको जस्तै हैसियतमा पु¥याइने उनको भनाइ थियो । “संविधान बनेर केही उपलब्धि त हात परेका छन् तर यो अपूर्ण र अपूरो छ, यसलाई संशोधन नगरेसम्म देशलाई समृद्ध बनाउन सकिदैन”, अध्यक्ष भट्टराईले भने ।

क्रान्तिको कार्यभार पूरा गर्न बाँकी रहेकाले समाजवादी पार्टीको जन्म भएको उनको भनाइ थियो । सत्य र न्यायको लागि लड्न आफू सदैव तयार रहेको अध्यक्ष भट्टराईले बताए। 

समाजवादीका वरिष्ठ नेता अशोक राईले अहिलेको सरकारले विकास बजेटसमेत खर्च गर्न नसकेको बताए । पार्टीका महासचिव गङ्गानारायण श्रेष्ठले समाजवादी पार्टीलाई जनताले देशको वैकल्पिक शक्ति हैन पहिलो शक्तिको रुपमा देख्न चाहेको बताए । 

सिन्धुलीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच समायोजन भएपछि ११५ सदस्यीय समाजवादी पार्टी जिल्ला कार्यसमिति गठन गरिएको छ । समितको अध्यक्षमा मोदनाथ लिमल्सिना, उपाध्यक्षमा विष्णुबहादुर सुनुवार, सानी श्रेष्ठ र भरत योञ्जन, सचिवमा टीका घिसिङ, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ र सहसचिवमा छविलाल श्रेष्ठलाई चयन गरिएको छ । 

कमेन्ट

  1. Sept. 24, 2019, 8:16 a.m. Santosh kafle
    बाबुरामजी ले 2060 को 10 वर्षपछि सिंगापुर बनाइसक्नुभयो । अब फेरि 40 वर्षपछि मङ्गलग्रहको सिंगापुर बन्ने हो कि भन्ने डर लागेको छ । बाबुरामजीको हातमा देश गयो भने 2 दिनमा हिन्दू भन्ने चिज पनि थियो र ? भन्ने प्रश्न खडा हुन थाल्दछ । हिन्दुबिरोधी नीति ल्याउनुहुन्छ उहाँले । तसर्थ जनताहरूले सोच्न जरुरी छ । नेताले भन्यो भन्दैमा पछिलाग्नु हुँदैन रहेछ ।
  2.  0 Reply
  3. Sept. 24, 2019, 7:15 a.m. Shankar Karki
    सिंगापुर र मलेशियामा धर्मको कारण दुई टुक्रा भएका थीए तिमले याहा पनी जातीय मधेस पाहाड हिन्दू क्रिस्चियन आदी नामाम सिङ्गापुर मलेशिया भन्दा पनी धेरै टुक्रा टुक्रा चै अवश्य पार्छौ ।
  4.  0 Reply
  5. Sept. 23, 2019, 8:45 p.m. deep
    सिंगापुर चाही होइना. हामी सबैलाई थाहा छ कि तपाइँ निश्चित रूपमा अफ्रिकी देश, कo्गो वा सिक्किम बनाउनुहुन्छ यदि तपाइँ मौका पाउनुहुन्छ भने। कृपया अर्को चुनावमा भोट magna जानुहुँदा कृपया हेलमेट लगाउनुहोस्।
  6.  0 Reply
  7. Sept. 23, 2019, 8:25 p.m. suresh lamichhane
    pahila pani biswas garya hoena ra janta lay k garnu vayo ta
  8.  0 Reply
  9. Sept. 23, 2019, 8:20 p.m. Deepak kumar
    40 बर्ष मा Nepal लाइ Singapore बनाउने थाहा भएन तर तपाईहरूले Singapore मा राजनीति गर्न थाल्नु भयो भने ४ बर्षमा singapore लाइ जरूर नेपाल बने दिनेछ. यसमा चाहिं हामीमा बिश्वास छ .
  10.  0 Reply
  11. Sept. 23, 2019, 7:51 p.m. krishna
    भो डाक्टर साब तपाइको सिंगापुर चाहिएन/ हामीलाई हाम्रै नेपाल ठिक छ
  12.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...