तातोपानी नाका दश दिन बन्द हुने
चौतारा – अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करीब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ ।
सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य शुरु गरिएकाले आठ÷दश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।
सडक बन्द भएकाले मर्मत गरी पुनः सञ्चालन हुन १० दिन लाग्ने जानकारी पाएको तोतोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी केशव वलीले बताए ।
सो नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरु पनि सडक बन्द भएपछि केरुङतर्पm फर्काइएको अध्यक्ष पौडेलले जानकारी दिए।
यस नाकाबाट भूकम्पपछि यस पालाको बडादशैँका लागि करीब ५० हजार भेडाच्याङ्ग्रा भित्रिने भएको छ । भेडाच्याङ्ग्रा लिन सात÷आठ टोली तिब्बत गइसकेकाले अबको तीन÷चार दिनपछि तातोपानीमा आइपुग्ने व्यापारीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते