शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले लगानीको वातावरण बनाउन नसकेको उद्योगीहरुको गुनासो

सोमबार, ०६ असोज २०७६, १८ : ४५
सोमबार, ०६ असोज २०७६

बुटवल – उद्योगी व्यवसायीहरुले लगानीको सम्भावना भएपनि वातावरण नहुँदा लगानी कर्ता निरुत्साहित हुनु परेको गुनासो गरेका छन् । सरकारले नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोण प्रष्ट नभएको सरकारले लिएको ‘समृद्ध नेपाल,सुखी नेपाल’को नारा नारामै सिमित हुने उनीहरुको दावी छ ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सम्पन्न ६६ औं वर्षिक साधारण सभाको उद्घाटन समारोहका अधिकांश वक्ताले सरकारले लगानी आह्वान गरिरहे पनि लगानीमैत्री वातावरण बनाउन नसकेको बताए ।

कार्यक्रममा प्रदेश पाँचका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले परिवर्तित राजनीतिक व्यवस्थालाई संस्थागत गर्ने केही समय लागेको बताउँदै सरकारले नीजि क्षेत्रसँगको सहकार्य खोजेको बताए ।

उनले नीजि, सामुदायिक र सहकारी क्षेत्रको साझेदारीमा समृद्धिको अभियान अगाडि बढाउन खोजिएको बताए ।

नीजि क्षेत्रको विकासकै लागि सरकारले प्रदेश पाँचमा रुपन्देहीको मोतिपूर र बाँकेमा औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाएको बताउँदै मन्त्री गिरीले दाङ् र कपिलवस्तुको कृष्णनगरमा पनि औद्योगिक कोरिडोर निर्माण गर्ने प्रदेश सरकारको चाहना रहेको उल्लेख गरे ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले सरकारले कानुन तर्जुमा गर्दा नीजि क्षेत्रसँग प्रयाप्त छलफल नगर्ने गरेका कारण कार्यान्वयनमा समस्या भएको बताए ।

उत्तर–दक्षिणमा भएको आर्थिक विकासको अवसरबाट नेपाल वञ्चित भएको उल्लेख गर्दै सार्क चेम्बरका उपाध्यक्ष समेत रहेका ढकालले प्रदेश पाँच सम्भावना पूर्ण प्रदेश भएकाले लगानी मैत्री कानुन र वातावरण बनाए लगानीकर्ता र पर्यटक ओइरिने दावी गरे ।

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भैरहवाको गौतमबुद्ध विमानस्थल सुचारु भएपछि यस क्षेत्रको औद्योगिक तथा पर्यटकीय विकासमा नयाँ आयाम आउने बताए । साथै त्यसलाई लक्षित गरेर लगानीको वातावरण बनाउन प्रदेश सरकार तथा स्थानी तहहरुलाई उनले आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले सरकारले १२ वटा निर्यात गर्ने वस्तु पहिचान गरे पनि त्यसभित्रका समस्यामा ध्यान नदिएका कारण निर्यात बढ्नुको साटो घट्दै गएको उल्लेख गरे ।

महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले कानुन तर्जुमा गर्नका लागि सुझाव लिँदा सुझाव लिने भन्दा पनि साक्षी मात्रै राख्ने गरेको बताए । श्रमिकको योगदामा आधारित सामाजिक सुरक्षा ऐन र ढुवानीमा अनलाइन ट्रेकिङ् प्रणाली त्यसको ज्वलन्त उदाहरण भएको उनले उल्लेख गरे ।

नेपाली काँग्रेस प्रदेश सभाकी सचेतक निर्मला क्षेत्रीले प्रदेशमा लगानीको प्रयाप्त सम्भावना भएपनि सरकारले सम्भावनाको पहिचान गरेर लगानी कर्तालाई उत्साहित गर्न नसकेको बताइन् । 

उनले लुम्बिनी भ्रमण वर्षको नाममा करोडौं रकम सक पनि त्यसको उपलब्धि शुन्य रहेको बताइन् ।
 प्रदेश सभा सदस्य कृष्ण न्यौपानेले परिवर्तित व्यवस्था सुदृढ भएपछि लगानीका लागि प्रयाप्त वातावरण बन्ने विश्वास व्यक्त गरे ।

स्वार्गिय पत्रकार अधिकारीको सम्मान

बुटवल  उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार स्वर्गीय डायलसन अधिकारीलाई कदर पत्रसहित सम्मान गरिएको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री गिरी र संघका अध्यक्ष हमालले स्वर्गीय अधिकारीकी धर्मपत्नी चन्दा अधिकारीलाई ५ लाख ५ हजार ५ सय ५५ रुपैंया सहित कदर पत्रले सम्मान गरेका हुन् ।

त्यस्तै संघमा काम गरी सेवा निवृत्त भएका कर्मचारीहरु र संघलाई सहयोग गर्ने सहयोगदाताहरुलाई समेत सम्मान गरिएको थियो । 

रेडियो नेपालमाका रुपन्देही समाचारदाता समेत रहेका अधिकारी केही दिन पहिलो सवारी दुर्घटनमा हँदा मृत्यु भएको थियो । अधिकारीले उद्योग बाणिज्य संघको १७ वर्षसम्म निरन्तर प्रेस सल्लाहकार रुपमा काम गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप