शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘काले दाई’ को गीत ‘यो दुनियाँ मेरो लागि होइन’ सार्वजनिक

सोमबार, ०६ असोज २०७६, १७ : ११
सोमबार, ०६ असोज २०७६

काठमाडौं– फिल्म काले दाईको ‘यो दुनियाँ मेरो लागि होइन’ नयाँ गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रम गीत सार्वजनिक गरिएको हो । श्याड भर्सनको गीतमा फिल्म भित्र रहेका दुःखद दृश्य मात्र समेटिएको छ ।

सुरज थापाको स्वर, पेवाङ लामाको संगीत रहेको गीतमा इन्द्र रम्जाली र गोविन्द श्रेष्ठको रहेको छ । प्रेममा जातपात घुसेपछि उत्पन्न हुने द्वन्दको कथामा आधारित रहेर निर्माण भएको फिल्ममा रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोविन्द श्रेष्ठलगायतको अभिनय छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा बनेको फिल्म शम्शेर गुरुङ र ईन्द्र रामजालीले निर्माण गरेका हुन् ।  इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायाँकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्म शिव शर्माले निर्देशन गरेका हुन् । फिल्म असोज १७ गते शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप