बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियार र अदालतलाई दुईतिहाई देखाएर तर्साउन खोजियो :  रामचन्द्र पौडेल

सोमबार, ०६ असोज २०७६, १७ : ०५
सोमबार, ०६ असोज २०७६

प्यूठान । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको छायाँमा न्यायपालिका र संवैधानिक निकायहरु परेको आरोप लगाएका छन् ।

दोस्रो जागरण अभियान अन्तरगत प्यूठानमा सोमबार अयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले अख्तियार, अदालतलगायत सबै संवैधानिक निकायलाई सरकारले दुईतिहाई देखाएर तर्साएकाले मुलुकका ठूला आर्थिक घोटालाहरुको निष्पक्ष छानविन हुन नसकेको बताए ।

‘हरेक संवैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ । यो संविधान विपरित हो । अख्तियार र अदालतलाई तर्साउन खोजिँदैछ । जनताले दिएको दुईतिहाईको मतलाई निरकुंश शासन चलाउन प्रयोग गरिएको छ,’ पौडेलको भनाई छ ।

वरिष्ठ नेता पौडेलले ठूला–ठूला आयोजनालाई कमिसनको चक्करमा अलपत्र पारिएको आरोप पनि लगाए । उनले विना प्रतिस्पर्धा ठूला आयोजनालाई ठेक्का दिन सुरु गरेबाटै आर्थिक अनियमितता भएको पुष्टि हुने बताए ।

पौडेलले मुलुक सत्ता र पैसाको दुस्चक्रमा फस्न लागेकोमा चिन्ता व्यक्त गरे । पौडेलले भने, ‘अहिले मुलुकलाई सत्ता र पैसाको दुस्चक्रमा फसाउन लागिएको छ । हिजो सरकारमा पुग्ने वित्तिकै कांग्रेसले गाँउबाट विकास सुरु ग¥यो । बाटो, बिजुली, पानी शिक्षा स्वास्थ्य गाँउ–गाँउमा हामीले पु¥याएको हो । हामीले गाँउ गाँउमा विकासको सुरुवात गर्न थालेसँगै गाँउ–गाँउमा मान्छे काट्न थालियो । मान्छे काट्नेहरु सबै एकैठाँउमा पुगेर सत्ता सञ्चालन गरेपछि अहिले विकास के भएको छ । बाहिर एउटा कुरा गर्ने अनि काम चाहिँ अर्कै गर्ने नेताहरुदेखि अब सचेत हुन जरुरी छ ।’

पौडेलले दुईतिहाईको सरकारले गरेका कामको हिसाबकिताब नेपाली जनताले मागेको बताउँदै कम्युनिष्टहरु चिल्ला कुरा गरेर जनता क्षणिक प्रभावमा परेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप