बाहिरी चक्रपथ बनाउने जिम्मा चिनियाँ कम्पनीलाई
काठमाडौँ– सरकारले काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ परियोजनाको कामको जिम्मेवारी चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको लगानी बोर्डको ४० औं बैठकले सो परियोजनाको कामलाई अघि बढाउने जिम्मेवारी ‘चिनियाँ कम्युनिकेशन पूर्वाधार कम्पनी’ दिने निर्णय गरेको हो । सो परियोजनालाई अघि बढाउन ४ वटा प्रस्ताव आएकोमा सो कम्पनीलाई छनौट गर्ने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।
बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास गर्ने कामको जिम्मेवारी स्वीट्जरल्याण्डको जुरिच ईन्टरनेशनल एयरपोर्टलाई दिने निर्णय पनि गरेको छ । सो परियोजनाको विकास प्रतिवेदन ४५ दिनभित्र पेश गर्ने गरी सो परियोजनाको कामलाई अघि बढाउने जिम्मेवारी जुरिच इन्टरनेशनल एयरपोर्टलाई दिइएको पनि बोर्डले जनाएको छ ।
बैठकले तल्लो अरुण जलविद्युत आयोजनाको कामलाई अघि बढाउन एस जेभिन, भारत, जे पावर, जापान र चाईना पावर कन्स्ट्रक्सन कम्पनीको सर्ट लिष्ट पनि तय गरेको छ । ती कम्पनीहरुबाट विस्तृत प्रतिवेदन माग गरेपछि सो परियोजनाको कामलाई अघि बढाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा