बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय केराको आयातले नेपाली किसान मर्कामा

सोमबार, ०६ असोज २०७६, १६ : ३७
सोमबार, ०६ असोज २०७६

परासी । नेपालमा भारतीय केराको आयातले नवलपरासीका केरा किसानहरु मर्कामा परेका छन् । सस्तो दरका भारतीय केरा नेपाली बजारमा छ्याप्तछ्याप्ती पाउन थालेपछि नेपाली केराको बजार घटदै गएको छ जसबाट किसानहरुलाई थप समस्या सृजना भएको छ । 

भारतीय केरा नेपाली केराको तुल्नामा करिब १० रुपैया प्रति दर्जन सस्तोमा पाउने हुँदा व्यपारीहरु नेपाली बजारमा भारतीय केरा आयात गर्न थालेपछि नेपाली केराको बजार सुक्न थालेको केरा उत्पादक समितिका अध्यक्ष लख्खु यादवले जानकारी दिए । उनका अनुसार नेपाली केरा उत्पादनमा लगानी बढि हुने हुँदा उक्त केरा भारतीयको तुल्नामा महंगो हुन्छ तर सस्तो खोज्दै व्यपारीहरु भारतीय बजार धाउन थालेपछि हाम्रो केरा कम र सस्तोमा विक्न थालेको उनले दुखेसो पोखे । 

जिल्लाका किसानहरुले एक महिना अगाडी केरा प्रति दर्जन ६० रुपिया सम्ममा विक्री गरिरहेका थिए कि भारतीय केरा व्यापक रुपमा नेपाल भित्रन साथ केरा हाल प्रति दर्जन ४० रुपैयामा झरेको छ । चाँडबाडका बेला व्यपारीहरु सस्तो खोज्दै भारतीय केरा व्यापक रुपमा नेपाल भित्राउने कार्यले नेपाली केरा बजार पाउन छोडेको छ । किसानहरु केरा त उत्पादन गर्छन तर केराले उचित मुल्य र बजार नपाउने कारण किसानहरु केरामा आत्मनिर्भर बन्न सकिरहेका छैनन् त्यसकारण भारतीय केरामा रोक लगाउन किसानहरुले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

यतिबेला नवलपरासीमा कुल १ हजार ८ सय विगाहा क्षेत्रफलमा व्यवासयिक केरा खेती गरिएको छ । कृषकहरु केरामा बढि उत्पादन लिन टिसु कल्चर, जि नाइन, रोबेष्टा, हरिछाल, भिम प्लस, मालभोग, बिलियम हाईब्रिड लगायतका उन्नत जातका केराको खेती गर्दै आएका छन् तर केरा महंगो भन्दै व्यपारीहरु यसरी दिनहुँ डिसिएमका डिसिएम भारतीय केरा नेपाल भित्राउने कार्यले नेपाली केराको बजार घटदै गएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप