बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘काण्डै काण्ड’ को विमोचन गर्दै देउवाले भने: देशभर पठाउँछौँ

सोमबार, ०६ असोज २०७६, १४ : ५४
सोमबार, ०६ असोज २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘काण्डै काण्ड’ पुस्तकलाई देशभर वितरण गर्नेपर्ने बताएका छन् ।  नेविसंघका निवर्तमान अध्यक्ष एवम् युवा नेता नैनसिंह मरहद्वारा लिखित ‘काण्डै काण्ड’ पुस्तकको सोमबार राष्ट्रियसभा गृहमा आयोजित विमोचन समारोहमा सभापति देउवाले भने, ‘किताब राम्रो छ ।’

यसलाई देशभर बाढ्नुपर्छ । नगर–गाउँपालिका तथा संसदमा रहेका साथीहरुका हातहातमा पर्ने देखिएको छ ।’ यस्तै काँग्रेस महामन्त्री शशांक कोइरालाले पार्टीले गर्नुपर्ने काम महर गरेको भन्दै प्रसंशा गरे ।  उनले भने, ‘काँग्रेसले गर्नुपर्ने काम नैनसिंह महरजीले गर्नुभएको छ । उहाँले काँग्रेसका लागि गर्नुभएको छ । उहाँबाट अब काँग्रेस बितेको २५ वर्षमा गरेका राम्रा कामबारे पनि पुस्तक लेख्नुहुनेछ भन्ने आशा छ । त्यसमा काँग्रेले के गर्यो भन्ने कुरा आउनेछ ।’

यस्तै काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले बितेको दुई वर्षमा संसद र समितिमा उठेका गम्भीर विषयलाई पुस्तकमा आएको बताए ।  यता केन्द्रीय सदस्य गुरुराज घिमिरेले पुस्तकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारकाण्ड थप्नुपर्ने आवश्यकता औल्याए । 

उनले भने, ‘नैनसिंह महरजीले अरु कुरा त समेट्नुभयो । यसमा प्रधानमन्त्री ओलीजीको उपचार काण्ड पनि थप्नुपथ्र्यो ।’ उहाँ उप्रधानमन्त्री हुँदादेखि राज्यबाट ३० करोड उचार खर्च लिसक्नुभएको छ । पछिल्लो समय संगापुरमा भएको उपचार खर्च २५ कारोड भन्ने छ ।

यस्ता रोगी नेता हामीले कहिलेसम्म पाल्नुपर्ने ? यो कुरा उल्लेख गर्नुपर्ने देखिन्छ ।’ पार्टीको  राष्ट्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पुरुषोत्तम दाहालले पनि सरकारले गरेका काण्डसँग काँग्रेसको राम्रा कामको उल्लेख गर्न आवश्यक रहेकको बताए ।

पुस्तकका लेखक महरले ओली सरकार काण्डै काण्डको चाङ्मा आसीन रहेको भन्दै पुस्तकले त्यसको प्रदाफास गर्ने गरेको बताए । असोज ७ गते ७७ वटा जिल्ला सरकारविरुद्ध प्रदर्शन गर्ने पूर्वनिधारित कार्यक्रममा पुस्तक पुर्याउने कार्य भइरहको पनि बताए । पुस्तकमा वर्तमान सरकारले आफ्नो १८ महिने अवधिमा गरेका ५५ वटा काण्डको उल्लेख गरिएको छ । 

जसमा सुनकाण्ड, सिण्डिकेट काण्ड, अस्पतालमा गोलीकाण्ड, निर्मला हत्याकाण्ड, सन्नी खुना काण्ड, उपकुलपति काण्ड, होली वाइन काण्ड, वाइडबडी र न्यारोबडी काण्ड, बालुवाटार काण्ड, गुठी काण्डलसहित १८ वटा काण्डलाई प्रमुख रुपमा चर्चा गरिएको छ ।

जसमा काँग्रेसका २२ जना नेतालाई स्रोतका रुपमा प्रयोग गरिएको छ । पुस्तक ४ हजार ५ सय प्रति छापिएको छ ।

देउवाको बचाउ

कार्यक्रममा काँग्रस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीमा आफू बलियो बन्न सभापतिलाई कमजोर बनाउन खेल भइरहेको बताए । उनले भने, ‘महाधिवेशन सकिएसँग सभापतिलाई काम गर्न नदिने खेल हुन्छ ।

सभापतिको विरोध गरेर आफू बलियो भन्ने सोच देखिन्छ । आफू बलियो बन्न पार्टीलाई कमजोर पार्ने र पार्टीलाई कुनै निर्णय हुन नदिने काम भइरहेको छ ।’ साथै उनले पार्टीको केन्द्रीय समितिमा नेताहरुसामू बोल्न नसक्ने गरेको भन्दै बाहिर तथानाम भन्दै हिडेको उनको आरोप थियो ।

उनी पछि बोलेका महामन्त्री कोइरालाले सभापतिको आलोचना भन्दा पार्टीमा एकता चाहिएको बताए । उनले भने, ‘पार्टीभित्र एकता हुनुपर्यो । पार्टीको सभापतिलाई गाली गरेर होइन । उहाँलाई त सहयोग लिनुपर्यो।  मैले कही पनि सभापतिबिरुद्ध टीकाटिप्पणी गरेको छैन । गर्नु पनि हुँदैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप