उत्कृष्ट अवार्ड लिन पुगेनन् विपिन र स्वस्तिमा
काठमाडौं– पछिल्लो समय नेपालमा अवार्डको गरिमा गिर्दाेछ । सायद, त्यसैले पनि होला अवार्ड समारोहमा कलाकारको सहभागिता न्युन हुने गर्दछ । त्यति मात्र कहाँ हो र ? उत्कृष्ट अवार्ड पाउने कलाकार समेत कार्यक्रममा सहभागी हुन छाडेका छन् ।
यसको जल्दोबल्दो उदाहरण हालै सम्पन्न ‘टुबोर्ग इमेज अवार्ड’ को २१ औं संस्करणलाई लिन सकिन्छ । शनिबार होटल सोल्टी क्राउनमा आयोजित अवार्ड समारोहमा उत्कृष्ट पुरस्कार पाउने अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का दुबै अनुपस्थित थिए ।
समारोहमा फिल्म ‘गोपी’ बाट विपिन सर्वोत्कृष्ट अभिनेता घोषित हुँदा स्वस्तिमा ‘बुलबुल’ अभिनयबाट सर्वोत्कृष्ट ठहरिएकी थिइन् । स्वस्तिमा होलिडे मनाउन म्यानमार र विपिन फिल्म ‘सेल्फी किङ’ को छायाँकनका लागि सोलुखुम्बुमा रहेकोले पनि सहभागी हुन नसकेका होलान् । तर कार्यक्रममा दुबै अनुपस्थित हुँदा आयोजक मात्र होइन, दर्शकले पनि निकै खल्लो महसुस गरे ।
अभिनेत्री स्वस्तिमाले विदेश भएपनि ‘इमेज अवार्ड’ मा उत्कृष्ट भएको खुसी सामाजिक सञ्जालमार्फत सेयर गरेकी छन् । विपिनले भने केही प्रतिक्रिया जनाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा