बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘अबकी बार ट्रम्प सरकार’ : मोदीले अमेरिकामा ट्रम्पको चुनावी प्रचार गरेको भन्दै विरोध

सोमबार, ०६ असोज २०७६, ०९ : ४९
सोमबार, ०६ असोज २०७६

एजेन्सी । आइतबार अमेरिकाको ह्युस्टनमा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेको कुरामा प्रतिपक्षी भारतीय कँग्रेसले विरोध जनाएको छ ।

कँग्रेस नेता तथा पूर्व मन्त्री आनन्द शर्माले ट्वीटमार्फत मोदीको भनाइको विरोध गरेका छन् ।

आनन्द शर्माले मोदीको कार्यलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार संज्ञा दिए । मोदीले अमेरिका दुई प्रमुख दललाई भारतले समान व्यवहार गर्ने गरेको परम्परामा धक्का दिएको शर्माले आरोप लगाएका छन् ।

कँग्रेसका वरिष्ठ नेताले शृङ्खलाबद्ध ट्वीट गर्दै लेखेका छन्, ‘ख्याल राख्नुस्, तपाईं भारतका प्रधानमन्त्रीको रुपमा अमेरिका जानु भएको हो न कि अमेरिकी चुनावका स्टार प्रचारकको रुपमा ।’

भारतीय मुलका अमेरिकीले आयोजना गरेको ‘हाउडी, मोदी’ कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी भएका थिए ।

ट्रम्पले सम्बोधनका क्रममा आफ्नो कार्यकालको उपलब्धि उल्लेख गरे । साथमा उनले आफूलाई भारतीय मुलका अमेरिकी समुदायका हितायसीका रुपमा पनि व्याख्या गरे ।

अमेरिकामा एक वर्षपछि अर्थात सन् २०२० मा राष्ट्रपति चुनाव हुदैंछ ।

मोदीले के भने ?

कार्यक्रमको सुरुमा डोनाल्ड ट्रम्पलाई स्वागत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उनको प्रशंसा गरे र उनलाई भारतको साँचो मित्र बताए ।

उनले डोनाल्ड ट्रम्पलाई आफ्नो मित्र बताउदैं कयैन पटक दोहो¥याए, ‘ट्रम्पको राष्ट्रपतित्वकालमा भारत र अमेरिकाको सम्बन्धले नयाँ उचाइँ हासिल गरेको छ । ’

त्यस्तै मोदीले भने, ‘भारतीय मुलका मानिसले आफूलाई राष्ट्रपति ट्रम्पसँग आत्मीय पाउँछन् । उम्मेद्वार ट्रम्पले भन्ने गरेको ‘अबकी बार ट्रम्प सरकार’लाई हामी बुझ्छौँ ।’

सन् २०१६ को राष्ट्रपति चुनावअघि प्रचारको समयमा डोनाल्ड ट्रम्पले एक भिडियोमा यसको उल्लेख गरिएका थियो । त्यसमा उनले भारतीय मुलका मानिसलाई दिपावलीको शुभकामना दिएका थिए र भिडियोको अन्त्यमा उनले ‘अबकी बार ट्रम्प सरकार’ भनेका थिए । 

भारतमा सन् २०१४ मा भएको लोक सभा चुनावको दौरान भाजपाले ‘अबकी बार मोदी सरकार’ को नारा दिएको थियो । 

आनन्द शर्माले ट्वीटमार्फत मोदीले ट्रम्पको चुनावलाई सहयोग हुने खालको टिप्पणी गरेकोमा विरोध जनाएका हुन् । 

आनन्द शर्माले लेखका छन्, ‘प्रधानमन्त्री जी, तपाईले अर्को देशको आन्तरिक चुनावमा दख्खल दिएर भारतीय विदेश नीतिको स्थापित सिद्धान्तलाई उल्लंघन गर्नुभएको छ । यो भारतको दिर्घकालिन कूटनीति हितको लागि अभूतपूर्व झट्का हो ।’

अर्को ट्वीटमा उनी लेख्छन्, ‘भारतले अमेरिकाका दुई दल रिपब्लिकन र डेमोक्रेट्स सम्बन्धमा समान धारणा राख्छ । तपाईंले यसरी खुलेर ट्रम्पको लागि प्रचार गर्दा भारत र अमेरिकाजस्ता सम्प्रभु र लोकतान्त्रिक देशबीच विभाजन उत्पन्न हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप