नापोलीको सानदार जीत
इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले सानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा नापोलीले लिसलाई उसैको मैदानमा ४–१ गोलले हरायो ।
नपोलीको जितमा फर्नान्डो लोरेन्टेले २८ औँ र ८२औँ मिनेटमा दुई गोल गरे । लोरेन्जो इनसिग्नेले ४०औँ र फावियन रुइजले ५२औँ मिनेटमा गोल गरेका थिए । घरेल टोली लिसका मार्काे मनकोसुले ६१औँ मिनेटमा पेनाल्टी मार्फत सान्त्वना गोल फर्काएका थिए ।
जितसँगै चार खेलबाट ९ अंक बनाएको नापोली तेस्रो स्थानमा छ । तीन अंक बनाएको लिस १८औँ स्थानमा छ । शीर्ष स्थानमा रहेको इन्टर मिलानको १२ तथा दोस्रो स्थानमा आसिन युभेन्ट्सको १० अंक छ ।
यसैगरी सिरी ‘ए’ फुटबलको अन्य खेलमा एस रोमाले बोलोग्नोलाई २–१, ससौलोले एसपललाई ३–०, साम्पोडोरियाले टोरिनोलाई १–० र लाजियोले पर्मालाई २–० गोलले हराएको छ । एटलान्टा र फियोरेन्टिनाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा