शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटीका संस्थापक प्रधानसम्पादक शर्मालाई इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड

सोमबार, ०६ असोज २०७६, ०० : २०
सोमबार, ०६ असोज २०७६

काठमाडौँ । रातोपाटी डटकमका संस्थापक प्रधानसम्पादक ओम शर्मालाई  इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । 

संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबईमा आयोजित एक कार्यक्रमकाबीच शर्मालाई इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो । 

सिजन मिडियाको आयोजना तथा नेपाल पत्रकार महासंघ युएई शाखाको संयोजनमा आयोजित एक विशेष समारोहका बीच शर्मालाई कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले अवार्ड प्रदान गरेका हुन् । 

पत्रकारिताको माध्यमबाट परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै शर्मालाई सो अवार्ड प्रदान गरिएको हो । 

धादिङ खाल्डेमा जन्मिएका शर्मा तीन दशकदेखि पत्रकारितामा सक्रिय छन् । २०४६ सालमा योजना साप्ताहिकबाट पत्रकारिता सुरु गरेका उनले दैनिक लुम्बिनी,  नेपाल टाइम्स दैनिक, जनादेश साप्ताहिक, नयाँ मोर्चा दैनिक, जनआह्वान साप्ताहिक, जनदिशा दैनिकलगायतमा विभिन्न पदमा रहेर काम गरिसकेका छन् । 

रातोपाटी डटकमका संस्थापक सम्पादक र नेपाल पत्रकार महासंघका पूर्व महासचिव समेत रहिसकेका शर्मा परिवर्तनका आन्दोलनमा सक्रियतापूर्वक सहभागी भएका व्यक्तित्व समेत हुन् । 

यस्तै रातोपाटीका युएई प्रतिनिधि विनोद श्रेष्ठलाई पनि अवार्ड प्रदान गरिएको छ । 

सोही अवसरमा नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष तथा प्रेस काउन्सिलका सदस्य खिल बहादुर भण्डारी, सफल खबरका सम्पादक सुरेशचन्द्र अधिकारी, युएईमा व्यवसायी एवम् समाजसेवी डा. दिनेश आचार्यलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

यस्तै नेपाल पत्रकार महासंघ युएईका कार्यबाहक अध्यक्ष लक्ष्मण खनाल,  पर्यटन व्यवसायी एकेन्द्र थापा, लोक दोहोरी गायक दीप सागर थापा, भाइ महर्जन सिलवाल, गार्ली अग्रवाल, देबेन्द्र प्रधान, सुरेन्द्र लामा, हरि सेन्चुरी विक, लेखक तथा सहित्यकार पुष्पलता आचार्य, किरण मरहठ्ठा, माधव प्रसाद अधिकारी, कृष्ण प्रसाद आचार्य, पूर्ण प्रसाद श्रेष्ठ, शोभा कुमारी गिरी अधिकारी, राम नारायण घिमिरे, पवन अधिकारी, रोजिन शाक्य, सन्तोषी शाही, दिपेन्द्र महर्जन, रेजिना तुलाधर, विजय कोइरालालाई समेत सम्मान गरिएको थियो ।  यसैगरी फोटोग्राफर भवदेव थापा मगर, राजभाइ सुवाल र सागर श्रेष्ठपनि सम्मानित भए ।

कार्यक्रममा मन्त्री खनालले युएईमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीलाई नेपाल लगानी गर्न आह्वान समेत गरे ।

कार्यक्रममा युएईमा क्रियाशिल व्यक्तित्वहरु डा. आसिफ सिद्दी अलिकी, सुरेस ढकाल, इ मोहन शर्मा र चन्द्र प्रकाश सापकोटालाई विशिष्ट व्यक्ति सम्मान गरिएको थियो भने कल्पना राई, हिरालाल श्रेष्ठ, दिपक गुरुङ (दिपिका) र पिएस लिम्बुलाई पनि सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप