केन्द्रीय संस्करण

साग पौडी टोली भारत प्रस्थान

person explore access_timeअसोज ५, २०७६ chat_bubble_outline0

काठमाडौं – नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपाली पौडी खेलाडीले १०औं एसियाली उमेरसमूह पौडी प्रतियोगितामा सहभागिता जनाउने भएको छ । प्रतियोगिता भारतको बैंगलोरमा सेप्टेम्बर २४ देखि अक्टोबर २ तारिखसम्म हुनेछ । नेपाली टोली आइतबार बैंगलोर प्रस्थान गरेको छ ।

खेलाडीमा अनुभव सुब्बा, विकास कुमाल, दिपाङकर अवाले, गौरव लामा, सागर नायक, तेन्जिङ गुरुङ, नासिर हुसैन, उर्गेन महर्जन, जेविस पौडेल, शुभम् श्रेष्ठ, वेदज्ञराज जोशी, एर्भिन श्रेष्ठ, आदर्श कार्की, मोहित शाक्य, सोफिया शाह, टीसा शाक्य, अदिप्शा वैद्य, अनुष्का पोखरेल, युस्का महर्जन, अनुसिया तण्डुकार, श्रेवी महर्जन, उपास्ती महर्जन, दिया स्थापित, आज्मी शेरचन, डुवाना लामा, शिक्षा श्रेष्ठ, लुमना शाक्य र समिरा शोभा थापा रहेका छन् ।

टोली नेतामा नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, व्यवस्थापकमा सागर शाक्य र दीपकसागर सिंह, प्रशिक्षकमा रत्नलाल महर्जन र नयना शाक्य छन् ।  निर्णायकमा विजेन श्रेष्ठ, योगेन्द्रमान श्रेष्ठ, वैकुण्ठ प्रधान र विष्णु खड्का छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले बिदाइ गरे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...