बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिस वर्ल्डको सपना पुरा भयो : अनुश्का श्रेष्ठ

आइतबार, ०५ असोज २०७६, १८ : ४३
आइतबार, ०५ असोज २०७६

काठमाडौं– मिस नेपाल वल्र्ड अनुश्का श्रेष्ठले ‘मिस वल्र्ड’ मा सहभागिता आफ्ना लागि अवसर चुनौती दुवै भएको बताएकी छन् । ‘मिस नेपालमा भाग लिनुको पछाडि मेरो सपना ‘मिस वल्र्ड’ थियो’ उनले भनिन् ‘अहिले अवसर पाएको छु । नेपालको नाम उच्च राख्न सक्छु सक्दिन चुनौती लागेको छ ।’

अघिल्लो बर्ष नेपालको प्रतिनिधित्व गर्दै श्रृंखला खतिवडा ‘मिस वल्र्ड’ मा सहभागी भएकी थिइन् । उनले उक्त प्रतियोगितामा आफुलाई उत्कृष्ट १२ भित्र पार्दै मल्टिमिडिया अवार्ड समेत नेपाल ल्याउन सफल भइन् ।  अनुश्काले श्रृंखलाको उक्त सफलताले आफुलाई प्रेरणा मिलेको बताइन् । ‘मिस वल्र्डमा सफलता हात पार्न सकिदो रहेछ भन्ने श्रृंखलाले देखाउनुभएको छ’ उनले थपिन्, ‘श्रृंखलाको उक्त सफलताले अझै अगाडि बढेर उपाधि हात पार्नुपर्छ भन्ने प्रेरणा मिलेको छ ।’

अनुश्काले मिस वल्र्डका लागि १३ विधाका लागि विषेश ध्यान दिनुपर्ने आफुले थाहा पाएको जानकारी दिँदै उक्त विधाहरुमा विषेशज्ञबाट प्रशिक्षण लगायत विभिन्न तयारी थालिसकेको जानकारी दिइन् । लण्डनमा आयोजना हुने मिस वल्र्डका लागि अनुश्का नोभेम्बर २० मा नेपालबाट प्रस्तान गर्नेछिन् । सिन्धुपाल्चोको सोचिङ गाउँको नमुना बस्तीको बिषय अनुष्काले ब्युटी विथ प्रपोजका लागि मिस वल्र्डमा प्रस्तुत गर्ने भएकी छन् । 

मिस नेपाल आयोजक हिडन ट्रेजरले आइतबार राजधानीमा एक कार्यक्रम गर्र्दै मिस नेपाल विजेताहरुले यही सन् २०१९ सेप्टेम्बर २७ बाट विश्वका शिर्ष ५ अन्तराष्ट्रिय सुन्दरी प्रतियोगितामा प्रतिनिधित्व गर्न लागेको जानकारी दिएको हो ।

जसमा मिस वल्र्ड, मिस युनिभर्स, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रानेसनल रहेका छन् ।  त्यसमध्य मिस नेपाल अर्थ रिया बस्नेले सुरुमा देश छाड्नेछिन् । उनी सेप्टेम्बर २७ मा फिलिपिन्सको राजधानी आयोजना हुने मिस अर्थका लागि उड्नेछिन् ।

त्यसपछि मिस इन्टरनेसनल मीरा कक्षपति अक्टोबर २५ मा जापानको राजधानी टोकियो सहर आयोजना हुने मिस इन्टरनेसनलका लागि उड्नेछिन् ।  त्यस्तै मिस सुप्रानेसनल रोज लामा नोभेम्बर १८ मा पोल्याण्डको कतोविसेमा आयोजना हुने मिस सुप्रानेसनलका लागि उड्नेछिन् । 

मिस युनिभर्सको स्थान र मिति नतोकिएकाले हालसम्म मिस युनिभर्स प्रदिप्त अधिकारी पखाईमा रहेको कार्यक्रममा जानकारी दिइयो । मिस युनिभर्स नेपाल प्रदिप्तले समय स्थान नतोकिए पनि आफ्नो तयारी भइरहेको जानकारी दिइन् । उनले नेपालको झण्डा बोकेर मिस युनिभर्स जाने र नेपालका लागि अवार्ड भित्र्याउने आफ्नो प्रयास हुने बताइन् । 

सन् २०१९ मेमा मिस नेपाल प्रतियोगिता भएदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन छानिएका विजेताहरु नियमित तामिलबाट गुर्जिएका छन् । यसका लागि देशमा उपलब्ध उत्कृष्ट ट्रेनर संगग्न गराइएको हिडन ट्रेजर कार्यक्रममा जानकारी दियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप