बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा भइरहेको ‘हाउडी मोदी’ को भित्री कथा के हो ?

आइतबार, ०५ असोज २०७६, १५ : २३
आइतबार, ०५ असोज २०७६

अमेरिकाको टेक्सस राज्यको सबैभन्दा बढी जनसंख्या भएको शहर ह्युस्टनमा अहिले आँधीबेहरी र वर्षाको जोखिम छ । यस्तो मौसममाझ विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका प्रधानमन्त्री र विश्वको सबैभन्दा शक्तिशाली लोकतन्त्रका राष्ट्रपति सो सहरमा भेट्दैछन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्युस्टनमा हुन लागेको ‘हाउडी मोदी’ कार्यक्रममा भेट्दै छन् । अमेरिकामा हुन लागेको कार्यक्रममा मोदीको नाम जोडिनु, दुई देशका नेताको उपस्थिति आदि कुराले मानिसमा ‘हाउडी मोदी के हो’ भन्ने जिज्ञासा उत्पन्न भएको छ । 

आखिर ह्युस्टनमा हुन लागेको ‘हाउडी मोदी’को वास्तविकता के हो ? भारतीय मुलका अमेरिकीले सुरु गराएको यस कार्यक्रमको उद्देश्य के हो ?

यसमा महत्त्वपूर्ण कुरा, भारत र अमेरिकाबीच व्यापारमा तनावपूर्ण स्थिति र कश्मीरको विषयलाई लिएर बयानबाजी चलिरहेको अवस्थामा यो भइरहेको छ । 

भारतीय मुलका अमेरिकी यो लहरले कुनै नतिजा देला कि आधुनिक समयको डिजिटल राजनीतिको एक नाटक मात्र बनेर रहला ? आखिर डिजिटल राजनीतिमा भर्चुअल हुनु वास्तविक र यथार्थ चाँही अवास्तविक बन्ने अवस्था देखिन्छ ।  

लेख्ने हो भने यो विषयमा एउटा किताब लेख्न सकिन्छ तर यहाँ त्यसको सार लेखिएको छ । 

आ–आफ्नै आवश्यकता

ह्युस्टनमा हुन लागेको यो कार्यक्रम इतिहासमा पहिलो पटक हुन लागेको हो । 

आइतबार हुने ‘हाउडी मोदी’ कार्यक्रममा ५० हजार अमेरिकीको सहभागीता हुने आशा छ । अमेरिकाको राजधानीबाहिर हुन लागेको र एक अलग देशका प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको कार्यक्रममा अमेरिकी राष्ट्रपतिको सहभागिता हुने पनि यो पहिलो पटक  हो । 

यो कार्यक्रमलाई दुई देशहरुबीच वृद्धि भइरहेको आर्थिक र रणनीतिक सम्बन्धको प्रदर्शनीको रुपमा पनि देखाइँदैछ । तर, डिजिटल युगमा कुटनीतिको देखावटीपन बन्द कोठामा हुने वास्तविक राजनीतिका अगाडि असफल हुन्छ । यथार्थ त्यही हो जुन बन्द कोठामा हुन्छ र त्यो सधैं एक कठिन काम रहँदै आएको छ । 

अमेरिकामा अर्को वर्ष राष्ट्रपति निर्वाचन हुँदैछ । अमेरिकामा एसियाली समुदाय सबैभन्दा तीव्र रुपमा बढिरहेको समुदाय हो । यसले गर्दा उक्त समुदायलाई खुसी पार्दा प्राप्त हुने फाइदालाई नजरअन्दाज गर्न सकिँदैन ।  

अमेरिकामा एसियाली समुदायको झुकाव सामान्यतयाः ‘डेमोक्रेट्स’तर्फ हुन्छ । यसमा धेरै भारतीय पनि सोमल छन् । 

यदि उक्त समुदायलको थोरै मात्र झुकाव रिपब्लिकन पार्टीतर्फ गयो भने ट्रम्पलाई धरै फाइदा हुने उनको आसा छ । तर, अहिले यसबारे केही पनि भन्नु हतार साबित हुन सक्छ । किनकी राजनीतिमा केही पनि निश्चित रुपमा भन्न सकिँदैन । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि डोनाल्ड ट्रम्पको आवश्यता छ । किनकि उनले ‘कांग्रेस मुक्त भारत बनाउने’ भनेर गरिरहेको राजनीतिलाई विरोधीले प्रश्न गरिरहेका छन् । 

यसको सबैभन्दा ठूलो उदारण भारतको सबैभन्दा सानो प्रदेश गोवामा देखियो । त्यहाँ संसदका सबै विपक्ष सांसद सत्तारुढ भाजपामा प्रवेश गरे । त्यहाँ, जनताको भलाइको नाममा यथार्थ ‘भर्चुअल’ बनेको छ ।

त्यस्तै संविधानको धारा ३७० हटाउने विवादित निर्णयपछि सरकारलाई शक्तिशाली देश आफ्नो पक्षमा छ भन्ने देखाउनुपर्ने बाध्यता छ । ह्युस्टनमा जारी राजनीति यसकै वरीपरी घुमिरहेको छ ।   

अन्यौलग्रस्त अर्थव्यवस्था

तर, ह्युस्तनको कार्यक्रममा अर्थव्यवस्थाको पनि भूमिका देखिन्छ ।  

बढ्दो व्यापार संरक्षणवादले विश्व अर्थव्यवस्था छिन्न भिन्न, सुस्त भएको छ । ठूला अर्थतन्त्रबीच व्यापार युद्ध चलिरहेको छ । यसले विश्वव्यापी अर्थव्यवस्थामा सबै पक्षलाई ध्यानमा राखेर नीति बनाइने तरिका पुरानो भइरहेको छ । 

अब अरुको हितलाई ख्याल गरेर व्यापारिक सहयोग वा सम्झौतालाई उदार बनाउने समयको अन्त्य भएको छ । अब आफ्नो हितलाई हेरेर गरिने द्विपक्षीय सम्बन्धनै यथार्थ बनेको छ । 

अहिले नै नयाँ व्यवस्थाले विश्वव्यापी आर्थिक संस्थानलाई विस्थापित गर्न लागेका होइन । अन्तर्राष्ट्रिय आर्थिक संस्थानले ‘अराजक’ अन्तर्राष्ट्रिय प्रणालीलाई केही स्थिरता र समन्वय गर्ने कोसिस गरिरहेको छ । तर मुद्दा अनुसार बदलिने व्यवहारिक द्विपक्षीय सम्बन्ध नै वास्तविकता बन्दै गएको छ । 

व्यापार युद्धमा रहेका अमेरिका र चीन तब नरम देखिएका छन् जब यसले दुबै देशमा नोक्सानी पु¥याएको लक्षण बाहिरिन थाल्यो । यही कुरा भारत र अमेरिकाबीच पनि कायम छ । डाटा सुरक्षा कानुनलाई लिएर तनावको बाबजुद पनि दुई देशका बीच व्याापार र लगानी कायमनै छ ।  

सबै देश एकअर्कोको आवश्यकता पुरा गर्नको लागि अरुसँग जोडिएको कुराबाट उदार सोच राख्ने मानिसले  राहत महसूस गर्न सक्छन् । 

भारतको कुरा गर्ने हो भने प्रधानमन्त्री नरेन्द्र मोदीले लाखौं भारतीय माझ आशा र आकाक्षा उत्पन्न गर्ने जबरजस्त क्षमता देखाएका छन् । यो तब मात्र यथार्थामा बदलिन सक्छ जब उनी आफ्नो नारा ‘सबको साथ, सबको विकास’लाई लागु गर्न सक्छन् र भारतको मूल विचारलाई नष्ट गरिरहेको घृणाको राजनीतिलाई रोक्न सक्छन् । 

यसलाई कार्यन्वयनमा ल्याउनको लागि उनीसँग अझै पनि समय छ । त्यसो गरेर उनलाई इतिहास बनाउने अवसर छ । यसै प्रकारले डोनाल्ड ट्रम्पलाई पनि चुनावको लागि आप्रवासीहरुको मतको आवश्यकता छ । त्यसलाई मध्यनजर गर्दै उसले पनि केही घोषणा गर्न सक्छन् । 

यसको लागि ‘हाउडी मोदी’ दुवै देशबीच समान झुकाव भएको प्रतियोगिता हो जुन कुनै तर्फ पनि जान सक्छ । 

यसले पुरानो घिसेपिटी रवैयाबाट निक्लेर दुई देशको द्विपक्षिय, क्षेत्रिय र वैश्विक स्थीरताको महत्वपूर्ण युगमा लान सक्छ वा अहिले जारी झै–झगडा र अराजकताकै स्थितिलाई थप बढावा दिन सक्छ । यो कुरा दुई नेताको छनौटमा भर पर्छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप