शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘हेल्लो गजलबार’मा गुञ्जिइन् मिलन

मङ्गलबार, ३१ साउन २०७४, ११ : ०६
मङ्गलबार, ३१ साउन २०७४

काठमाडौं – चर्चित गायिका मिलन अमात्य आइतबार साँझ बागबजारस्थित ‘हेल्लो गजलबार’मा गुञ्जिइन् । रात छिपिँदै जाँदा स्टेज चढेकी मिलनले सुरुमै आफ्नो चर्चित गीत ‘जहिलेसम्म जुनतारा...’ र ‘गाला रातै...’ गाएर गजलको माहोल तताइन् । 


हेल्लो गजल बार आइतबारबाट औपचारिक उद्घाटन भएको हो । मिलन र मोडल तथा अभिनेत्री विपना थापाले रिवन काटेर गजलबारको उद्घाटन गरेका थिए ।
रुल्ज गुरुङ, सरिता लिम्बू र नविना तामाङले सञ्चालन ल्याएको हेल्लो गजलबारको औपचारिक उद्घाटनपछि गायिका मिलनले आफ्नो प्रस्तुती दिएकी हुन् । चर्चित मोडल र गायिकाबाट आफ्नो गजल बारको उद्घाटन गर्न पाउँदा सञ्चालनहरु पनि खुसी देखिए । 


‘आज नेपाली गीतसंगीतकी चर्चित गायिका मिलन र मोडल विपनाले हेल्लो गजलबारको उद्घाटन गरेका छन् । यसमा एकदमै खुसी छु ’सञ्चालकमध्ये रुल्जले भने, अब हरेक दिन हामी ग्राहकलाई यस्तै चर्चित कलाकारबाट सेवा दिनेछौं ।’ 


गायिका मिलन र मोडल विपनाले पनि एक उत्कृष्ट गजलबारको उद्घाटन गर्न पाउँदा खुसी व्यक्त गरे । कार्यक्रममा मिलनले चर्चित हिन्दी गजलहरु पनि गाइन् ।
हेल्लो गजलबार आधुनिक तथा सुविधा सम्पन्न गजलबार हो । गजलबारका सञ्चालकका अनुसार हरेकदिन ग्राहकको मागअनुसार गुणास्तरिय खानासँगै ख्यातीप्राप्त कलाकारहरुद्वारा ग्राहकलाई मनोरञ्जन प्रदान गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप