शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीमा अनियमितता भएको पाइएमा कडा कार्वाही गर्ने चेतावनी

आइतबार, ०५ असोज २०७६, १४ : ०८
आइतबार, ०५ असोज २०७६

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीभित्र अनियमितता नभएको दावी गरेका छन् । प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठनभित्र पनि सुशासनलाई जोड दिइएको उल्लेख गर्दै कहीँकतै अनियमितता भएको पाइए कडा कार्वाही गर्ने चेतावनी पनि दिए ।

आईतबार १५ दिन ट्राफिक स्वायम्सेवक परिचालन कार्यक्रममा बोल्दै उनले मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानलाई सफल बनाउन पनि नेपाल प्रहरी कटिवद्ध भएर लागि परेको बताए । 

प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि युवाहरुको परिचालनमा जोड दिने पनि बताए । उनले चालू आर्थिक वर्षलाई ट्राफिक व्यवस्थापन अभियाननै रुपमा सञ्चालन गरेर यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरीको भूतपूर्व संगठनहरु पनि स्वयम्सेवकको रुपमा परिचालन हुने अपेक्षा समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप