शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओम अस्पतालमा पथ्थरीको अपरेशन गराउँदा महिलाको मृत्यु

आइतबार, ०५ असोज २०७६, १३ : ५१
आइतबार, ०५ असोज २०७६

काठमाडौँ–राजधानीको चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ । 

धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको पत्थरीको अपरेशन गराउँदा मृत्यु भएको हो । मृतकका आफन्तहरुले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । 

शुक्रवार दिउँसो हिँडेरै अस्पताल पुगेकी गुरूङको चिकित्सकहरूले शनिबार पत्थरी निकाल्न अपरेशन गरेका थिए । अपरेशन पछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । तर, चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा बित्न नपाउँदै उनको मृत्यु भएको मृतकका आफन्तहरुले बताए । 

यता अस्पताल प्रशासनले भने गुरुङको मृत्युको कारण अपरेशन नभइ हृदयघात (हर्ट अट्याक) का   कारण भएको दाबी गरेको छ ।  

आफन्तहरुले भने चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अपरेशनपछि बिरामीको मृत्यु भएको भन्दै शनिबार अस्पतालमा आन्दोलन समेत गरेका थिए । 

केही समय पहिला ओम अस्पतालमै पत्थरीको अपरेशनको क्रममा आन्द्रा काटिदा सिन्धुपाल्चोक घर भएकी एक महिलाको मृत्यू भएको थियो । 

उपचारका क्रममा ओम अस्पतालमा यस्ता खालको घटना पटक पटक दोहोरिँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप