शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कलाको ‘धानको चामल धानैको चिउरा’ म्युजिक भिडियोमा निखिल

आइतबार, ०५ असोज २०७६, १३ : ००
आइतबार, ०५ असोज २०७६

काठमाडौं – एक्सन स्टार अभिनेता निखिल उप्रेती पनि म्युजिक भिडियोमा देखिएका छन् । उनले लोक गीत ‘धानको चामल धानैको चिउरा’को म्युजिक भिडियोमा अभिनय गरेका हुन् । 

हालै सार्वजनिक गरिएको भिडियो अभिनयमा उनलाई कला लम्सालले साथ दिएकी छन् । भिडियोमा निखिल कलासँग छमछमी नाचेका छन् । 

निखिल र कलाको अलवा भिडियोमा थुप्रै कोरस पनि नचाइएको छ । भिडियो फिल्म शैलीमै निर्माण भएको छ । 

बद्री पंगेनी, चन्द्र शर्मा र कला लम्सालको स्वर रहेको यो गीत दशैँ विशेष गीतको रुपमा बाहिर ल्याइएको हो । रमेश बि.जीको शब्द र तिलक ओलीको संगीत रहेको उक्त गीतको भिडियो शिव बिकले निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप