शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेन्ट बैंंक र ईसेवा फोन पे बीच अनलाईन भुक्तानी सम्झौता

आइतबार, ०५ असोज २०७६, १२ : २४
आइतबार, ०५ असोज २०७६

काठमाडौं– नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवा फोन पे र नेपाल इन्भेष्टमेन्ट बैंकबीच अनलाइन भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब नेपाल इन्भेष्टमेन्ट बैंकबाट ईसेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाहरूको सहजै भुक्तानी गर्न सकिनेछ । 

ग्राहकहरूले बैंकको इन्टरनेट बैंकिङ्ग तथा कुनैपनि शाखा मार्फत सहजै ईसेवामा रकम लोड गर्न सक्नेछन् भने ईसेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सक्नेछन् । 

ईसेवाबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइजहाज तथा बसको टिकट, विद्यालय÷क्याम्पस को शुल्क भुक्तानी, होटेल र रेष्टुरेन्टको बिल भुक्तानी लगायत विभिन्न सुविधा उपभोग गर्न सकिनेछ । 

पछिल्लो समयमा ईसेवाले क्यूआर कोड मार्फत गरिने भुक्तानीलाई प्रवर्धन गरिरहेको छ । हाल ईसेवामा ५५ हजार क्यूआर मर्चेन्ट आबद्ध भइसकेका छन् भने क्यूआर कोडमा ईसेवाले आकर्षक क्यासब्याक तथा छुटको व्यवस्था समेत गरेको छ । अबदेखि नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले ईसेवामा पैसा लोड गरी सजिलै क्यूआर कोडको सुविधा पनि लिन सक्नेछन् । 

ईसेवामा हाल ५५ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । यी बैंक तथा वित्तीय संस्थाबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । 

हाल ईसेवाका ग्राहक २५ लाख भन्दा बढी पुगीसकेका छन् र यो संख्या निरन्तर बढ्ने क्रममा छ । देशभर रहेका ईसेवाका साठी हजार भन्दा बढी एजेन्ट मार्फत ७५ लाख भन्दा बढिले ईसेवाका सेवाहरु लिइरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप