शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दिपाश्री निरौलाले भनिन्, ‘हाम्रो चलचित्रले दुर्लभ सफलता पायो, के यो अपराध हो ?’

आइतबार, ०५ असोज २०७६, १० : ३६
आइतबार, ०५ असोज २०७६

हास्य अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले आफ्नो चलचित्रले दुर्लभ सफलता पाएकोलाई अपराध भन्ने त ? भनेर प्रश्न गरेकी छिन् ।

आइतबार बिहानै आफ्नो आधिकारिक फेसबुक पेजमा स्टेटस लेखेर उनले ‘आज म लेख्दैछु’ भनेर लामो स्टेटस लेखेकी छिन् ।

उनले लेखेकी छिन्, ‘हाम्रो समूह विगत लामो समयदेखि नेपाली चलचित्र र संगीतको पक्षमा काम गर्दै आइरहेको छ । रातदिन नभनी हाम्रो संस्कृतिको रक्षाको पक्षमा वकालत पनि गर्दै आइरहेको कुरा सबै आदरणीय मित्रहरुलाई थाहै छ ।’

‘अतः यो कार्यले केही संचालित तत्वहरुको निद्रा बिग्रिएको प्रमाण फेला परेको छ । हाम्रो अकल्पनीय लगातारको सफलताले अत्तालिएका यी व्यक्तिहरु सामाजिक संजालहरुमा समूह निर्माण गरेर (नक्कली आइडी बनाई) हामीविरुद्ध विष ओकलिरहेछन्,’ उनले थपेकी छिन् ।

‘हामीले मेहनत गर्‍यौं, दर्शकले माया गरिदिनुभयो, चलचित्रले दुर्लभ सफलता पायो, के यो अपराध हो ?’

‘नेपाली फिल्म र नेपाली संस्कृतीको पक्षमा आवाज उठाउनु गल्ती हो ?’ उनले प्रश्न गरेकी छिन् ।

सत्यको पक्षमा आवाज निकाल्न सक्ने सम्पूर्ण सच्चा मित्र एवं शुभचिन्तकहरुलाई सजग रहन उनले आग्रह गरेकी छिन् । साथै यस्ता प्रायोजित गालीले आफ्नो अभियान नरोकिने भन्दै यो अटल र स्पष्ट भएको बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप