शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

आइतबार, ०५ असोज २०७६, १० : २५
आइतबार, ०५ असोज २०७६

बुटवल । दाङ र गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

दाङमा एक व्यक्ति होटलमा मृत फेला परेका छन् भने गुल्मीमा खोलाले बगाएर अर्का एक जनाको मृत्यु भएको हो ।

 दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ स्वर्गद्वारी टोलमा रहेको निशान्त तन्दुरी होटलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए ।

शनिबार साँझ बास बस्न आएका व्यक्ति आज विहान मृत फेला परेको उनको भनाइ छ । मृत व्यक्तिको पहिचान हुन सकेको छैन । शवलाई पोष्टमार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिने प्रहरी उपरीक्षक शाहको भनाई छ ।

यता, गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–२ पिपलधारा निवासी ६४ वर्षीय भीमबहादुर कुँवर (गोरवहादुर) लाई पनाहा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) मीनबहादुर घलेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप