शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बार्सिलोनालाई ग्रानडाको झट्का

आइतबार, ०५ असोज २०७६, ०८ : २४
आइतबार, ०५ असोज २०७६

साविक विजेता बार्सिलोनालाई स्पेनिस ला लिगामा ग्रानडाको नमिठो झट्का लागेको छ । शनिबार राति भएको खेलमा बार्सिलोना ग्रानडासँग उसैको मैदानमा २–० गोलले पराजित भयो ।

ग्रानडाको जितमा रामोन अजिजले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । अल्भारो भाडिल्लोले ६६औं मिनेटमा पेनाल्टीमा गोलगर्दै ग्रानडाको अग्रता दोब्बर बनाए ।  कप्तान लियोनल मेस्सी, लुईस स्वारेज, एन्टोइन ग्रीजम्यान लगाय स्टार खेलाडी उतारेको बार्सिलोनाले गोल फर्काउन भने सकेन । ला लिगाको नयाँ सिजनका सुरुवाती पाँच खेलमा बार्सिलोनाको यो दोस्रो हार हो । यसअघि बार्सिलोना एथ्लेटिको बिल्बाओसँग १–० गोलले पराजित भएको थियो ।

बार्सिलोनालाई हराएसँगै ग्रानडा शीर्ष स्थानमा उक्लिएको छ । ग्रानडाले  पाँच खेलबाट १० अंक बनाएको छ । सात अंक बनाएको बार्सिलोना सातौं स्थानमा छ । शनिबार रातिनै भएको अन्य खेलमा भिल्लारियलले रियल भालाडोलिडलाई २–० गोलले हरायो । एट्लेटिको म्याड्रिड र सेल्टाभिगो तथा लिभान्ते र इबरले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप