शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटना : कारण भेटिन्छ, समाधान खोजिन्न

आइतबार, ०५ असोज २०७६, ०६ : २६
आइतबार, ०५ असोज २०७६

मुलुकभर सवारी दुर्घटनाबाट दिनहुँ ७ जनाको मृत्यु हुने गरेको छ । गत आर्थिक वर्षमा मात्रै मुलुकभर १३ हजार ४२१ दुर्घटनामा २ हजार ७६२ जनाको मृत्यु भयो । प्रहरीको ट्राफिक निर्देशनालयअनुसार तीमध्ये ९ हजार ९४० दुर्घटनाका कारण चालकको लापरबाही हो ।

पछिल्ला ८ वर्षमा काठमाडौं, भक्तपुर र ललितपुरमा ४६ हजार दुर्घटना भए । त्यसमा १ हजार २३६ जनाले ज्यान गुमाए । २ हजार १४५ जना गम्भीर र ३२ हजार ६९५ जना सामान्य घाइते भए । गत वर्षका ८ हजार सवारी दुर्घटनामा ५०८ जनाले ज्यान गुमाए । यसअनुसार उपत्यकामा मात्रै दुर्घटनाबाट दिनहुँ एकभन्दा बढीले ज्यान गुमाउने गरेका छन् । 

०७०/७१ मा भएका ८ हजार ४०६ दुर्घटनामध्ये ६ हजार ५ र ०७१ /७२ मा ९ हजार १४५ दुर्घटनामध्ये ६ हजार ६०९ चालको लापरबाहीका कारण भयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले  यी दुर्घटाको कारणको विश्लेषण गरेको छ । महाशाखाले दुर्घटनाका ९ कारण पत्ता लगाएको छ भर समाधानका उपाय भने खोजिएको छैन । यो समाचार कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप