शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टोट्टनहामलाई लेस्टरको झट्का

शनिबार, ०४ असोज २०७६, २१ : १४
शनिबार, ०४ असोज २०७६

एजेन्सी – इङ्लिस प्रिमियर लिग फुटबलको बलियो टोली टोट्टनहामलाई लेस्टर सिटीको झट्का लागेको छ । शनिबार बेलुका भएको खेलमा लेस्टरले टोट्टनहामलाइ २–१ गोलले हरायो ।

लेस्टरका घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा टोट्टनहाम हार खेप्न बाध्य बन्यो । २९औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोट्टनहामलाई अग्रता दिलाएका थिए । 

दोस्रो हाफमा सानदार प्रदर्शन गरेको लेस्टर ६९औं मिनेटमा रिकार्डो पेरिराको गोलमा खेलमा फर्कियो । त्यसपछि ८५औं मिनेटमा जेम्स म्याडीसनले गोल गर्दै लेस्टरको जित पक्का बनाए । जितसँगै लेस्टरले ६ खेलबाट ११ अंक बनाएको छ । टोट्टनहामको समान खेलबाट आठ अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप