बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन आइसीसी युवा संयोजकमा सुदिप कार्कीको उम्मेद्वारी

शनिबार, ०४ असोज २०७६, १३ : ५५
शनिबार, ०४ असोज २०७६

काठमाडौँ । गैरआवासिय नेपाली संघ (एनआरएनए)को निर्वाचन मिति नजिकिँदै गर्दा सम्भावित उम्मेदवारहरुको चहलपहल पनि बढ्दै गएको छ ।

नयाँ कार्यसमितिको लागि आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म नेपालमा हुन गइरहेको नवौं विश्व सम्मेलनको निर्वाचनका लागि एनआरएनए आईसीसी युवा संयोजकमा सुदीप कार्कीले उम्मेद्वारी घोषणा गरेका छन् ।

सानो उमेरमै एनआरएनएको विभिन्न कार्यसमितिमा बसेर राम्रो कार्य सम्पादन गर्न सफल कार्कीले युवा संयोजकका लागि उम्मेदवार घोषणा गरेका हुन् ।

एनआरएनए युएईमा सन् २०१३ देखि सन् २०१५ सम्म उपाध्यक्षका रुपमा र सन् २०१५ देखि सन् २०१७ सम्म अध्यक्षका रुपमा अत्यन्तै कुशलतापूर्वक भूमिका निर्वाह गरेका कार्की २०१७ देखी २०१९ सम्मका लागि आईसीसी सदस्य थिए ।

उम्मेद्वारी घोषणासँगै नेतृत्व विकास आफ्नो प्रमुख एजेण्डा रहेको कार्कीले बताएका छन् । विश्वभरका नेपाली युवाको सिपलाई नेपालका युवासम्म पुर्याउने र उनीहरुको सँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजना अनुसार उम्मेद्वारी दिएको कार्कीको भनाइ छ ।

सानै उमेरदेखि समाजसेवामा चासो राख्दै आफ्नो भूमिका निर्वाह गर्दै आएका कार्की एनआरएनए भित्र परिचित नाम हो । कार्की एनसीसी अध्यक्ष बन्दा सबैभन्दा कम उमेरमा अध्यक्ष बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप