
संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झन्डा फहराइयो

युएई । संविधान दिवस २०७६ को अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको छ
युएईको स्थानीय समय अनुसार गत शुक्रवार साझ ९:१० बजे बुर्ज खलिफामा एक मिनेट नेपाली झन्डा फहराइएको हो।
संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली राष्ट्रिय झन्डा फहराइएको यो पहिलो हो। ८२३ मिटर अग्लो उक्त टावरमा नेपाली राष्ट्रिय झन्डा फहराउनुले नेपाली र नेपालप्रति पहिचान रहने विस्वास गरिएको छ। जसले भ्रमण वर्ष २०२० लाई थप टेवा पुग्ने समेत विश्वास गरिएको छ।
युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालको प्रयासमा युएई सरकारले बुर्ज खलिफामा झन्डा फहराउन अनुमति दिएको थियो।
नेपालको संविधान दिवसको अवसर पारेर गत बिहीबार दूतावासमा झण्डोत्तोलन तथा दीप प्रज्ज्वलन समेत गरिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ