हिन्दीलाई जोड दिनुपर्ने अमित शाहको भनाइपछि एक दक्षिण भारतीय मन्त्रीले ट्युशन पढ्न थाले
एजेन्सी । भारतको सत्तारुढ दल भाजपाका अध्यक्ष तथा केन्द्रीय गृहमन्त्री अमित शाहले केही दिन अघि हिन्दीलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।
भारतभरलाई साझा हुने एकल भाषा नभएको अवस्थामा हिन्दीलाई त्यस प्रयोजनको लागि विकास गर्नुपर्ने शाहको भनाइ थियो ।
शाहको भनाइले मोदीको मन्त्रीपरिषद्मा रहेका एक केन्द्रीय राज्य मन्त्रीमा असर परेको देखिएको छ ।
अमित शाहको भनाईपछि गृहराज्य मन्त्री जी किशन रेड्डीले हिन्दीको ट्युशन पढ्न थालेका छन् । रेड्डी हिन्दी भाषा नबोलिने दक्षिणी भारतको तेलङ्गनाका नेता हुन् ।
रेड्डीका हिन्दी ट्युशन शिक्षक दैनिक दिल्लीस्थित उनको मन्त्री निवासमा आउँछन् ।
रिपोर्ट अनुसार हिन्दी भाषका शिक्षकले मन्त्रीलाई हिन्दी भाषा पढाउनुको अतिरिक्त हिन्दी भाषालाई कसरी सही उच्चारण गर्ने भन्ने सिकाइरहेका छन् ।
भारतीय समाचारपत्र जनसत्ताका अनुसार रेड्डीले अहिले सबैजसो अवस्थामा हिन्दी बोल्ने प्रयास गरिरहेका छन् । उनी बोल्ने क्रममा अफ्ठ्यारो पर्दा अङ्ग्रेजी शब्द प्रयोग गर्छन् ।
सेप्टेम्बर १४ मा मनाईको ‘हिन्दी दिवस’को दिन गृहमन्त्री शाहले भारतमा यस्तो एउटा भाषा हुनुपर्ने जसले विदेशी भाषाको प्रयोगलाई विस्तापित गर्न सकोस् भनेका थिए । उनले यही उद्देश्यले भारतको संविधानका निर्माताले हिन्दीलाई राष्ट्र भाषाको रुपमा स्वीकार गरेको बताएका थिए ।
शाहले सो दिन एक ट्वीट गरेका थिए जसमा भनिएको थियो, ‘म देशवासीलाई आह्वान गर्छु कि तपाईं आफ्नो छोराछोरी र सहकर्मीसँग आफ्नो भाषामा कुराकानी गर्नुस् । किनकि हामीले नै आफ्नो भाषालाई छाड्यौँ भने त्यसलाई लामो समयसम्म कसरी जीवित राख्न सकिन्छ ।’
शाहको ट्वीटपछि हिन्दी भाषा नगन्य बोलिने भारतका दक्षिणी राज्यका कयैन नेताले शाहको भनाइको विरोध गरेका थिए । उनीहरु हिन्दी भाषा लागु हुँदा त्यो आफ्नो भाषामाथि थोपरिएको हुने बताउँछन् ।
शाहले हिन्दीलाई महत्त्व दिनुपर्ने कुरामा उनकै पाटीका कयैन नेताले पनि अगल विचार राखेका छन् । उता, अभिनेता रजनीकान्तले हिन्दी थोपरिन नहुने भन्दै भारतमा एकल राष्ट्रिय भाषा लागु हुने सम्भावना नरहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा