शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान दिवसमा राजपाको ब्ल्याक आउट असफल भएपछि जनकपुरमा जे देखियो (फोटोफिचर)

शुक्रबार, ०३ असोज २०७६, २० : ०४
शुक्रबार, ०३ असोज २०७६

जनकपुर– संविधान दिवसको विरोधमा जनकपुरमा गरिएको ब्ल्याक आउट कार्यक्रम असफल भएको छ । प्रदेश नम्बर दुईको सत्ताधारी दल राजपा नेपालले गरेको ब्ल्याक आउट कार्यक्रम असफल भएको हो । राजपा नेपालको निर्धारित कार्यक्रमअनुसार कार्यक्रम शुक्रबार बेलुकी जनकपुरस्थित जनक चोकमा एकत्रित भएका नेता तथा कार्यकर्ताहरुको एक समूहले साँझ ७ बजेदेखि १५ मिनेटसम्म ब्ल्याक आउट कार्यक्रम गरेको थियो ।

सो क्रममा राजपा नेपालका तर्फबाट प्रदेश सभाका प्रमुख सचेतक परमेश्वर साह तथा अध्यक्ष मण्डलका संयोजक प्रमोद यादव र संयोजक सदस्य ज्ञानेन्द्र झा ज्ञानु, महिला नेतृ बिन्दु ठाकुर सहितका नेतृहरुले सिटि बजाउँदै बिभिन्न पसल तथा सडक पेट्टिमा रहेका बिद्युत बल्बहरु बन्द गराउँन तागेता गरेपनि पसले तथा घरधनीहरुले त्यसको बेवास्ता गरिदिएका थिए ।

सोही क्रममा जनकपुरधाम उपमहानगर पालिका वडा नम्बर १० बस्ने किसन मण्डलले राजपा नेपाल र समाजवादी पार्टीले जनतालाई ठगेको आरोप लगाए । उनले आफै प्रदेश सरकारमा बस्ने र जनतालाई आन्दोलन गर भन्ने भन्दै आक्रोश समेत व्यक्त गरे ।

यता राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले ब्ल्याक आउट कार्यक्रम सांकेतिक कार्यक्रम भएकोले सफल भएको प्रतिक्रिया दिए । त्यस्तै सो पार्टीले दिउँसो गरेको बिरोध र्यालीमा पनि  नेता तथा कार्यकर्ताको न्युन उपस्थिति देखिन्थ्यो । 

यता, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भने संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरिएन भने ब्ल्याक आउट पनि भएको देखिएन । त्यस्तै जिल्ला प्रशासन कार्यालय, उच्च अदालत जनकपुर, कृषि ज्ञान केन्द्र कार्यालय, नेकपा लगायतका कार्यालयमा भने दिपावली गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप