केन्द्रीय संस्करण

संविधान दिवसको अवसरमा बुर्ज खलिफामा नेपालको झण्डा झिलमिलाइँदै

person explore access_timeअसोज ३, २०७६ chat_bubble_outline0

काठमाडौं – नेपालको ५ औँ संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको झण्डा झिलमिलाउने भएको छ । स्थानीय समयानुसार साँझ ९ः१० बजे बुर्ज खलिफामा पहिलो पटक झण्डा झिलमिलाउने यूएईस्थित नेपाली दूतावासले आफ्नो फेसबुकमार्फत जानकारी दिएको छ ।

आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी ५ औँ संविधान दिवस मनाइएको छ । २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको थियो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...